Home Login
गीत

बिनोद ढकालको ‘जागिर सरकारी’ गीत सार्वजनिक

काठमाडौं — नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान खडा गरिसकेका बहुचर्चित गायक तथा सर्जक बिनोद ढकालको अर्को नयाँ गीत ‘जागिर सरकारी’ सार्वजनिक भएको छ ।

ढकालकै लय तथा शब्दमा तयार भएको गीतमा ढकाल संगै र संगीता पौडेलको आवाज र कृष्ण लामिछाने एरेन्जर रहेको छ ।

भिडियोमा लक्ष्मण श्रेष्ठको निर्देशन, मदन राईको छायांकन तथा सम्पादन रहेको छ । गीतमा गायक ढकालले भ्रष्टाचार नगर्ने असल सरकारी कर्मचारीलाई बजारको महंगीको तुलनामा वर्तमानको तलबले दाल र भात खान पुग्ने तर मिठो तरकारी खान नपुग्ने अबस्था रहेको चित्रण गरेका छन ।

Leave a Reply