Home Login
भिडियो

‘जती जोगी आएपनि कानै चिरेका ‘बोलको म्युजिक भिडियो सार्वजनिक

पोर्चुगल — नेपालको  राजनीतिक अवस्था र वैदेशिक भुमिमा नेपालीले पाएको दुखको बारेमा चित्रण गर्दै एक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

पछिल्लो समय नेपाली राजनीतिको खिचातानिले गर्दा युवाहरु बिदेश पलायन हुन परेको भन्दै ‘जती जोगी आएपनि कानै चिरेका’ बोलको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो ।

लामो समयदेखि क्रोएसियामा बस्दै आईरहेका कृष्ण अर्यालको शब्द संगित र आवाज रहेको गीतमा दिपा सुहाङ्ले साथ दिएकि छिन् भने रुबिन मगरले मिक्सिङ र एरेन्ज गरेका हुन् |

5K मोसन युट्युव च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोको सिनेमाटोग्राफर मनि काफ्लेले गरेका हुन भने भिडियोको सम्पादन मिराज अर्यालले गरेका छ्न ।

पछिल्लो समय नेपालको राजनितिले गर्दा युवाहरु बिदेश पलायन भईरहेको र विदेशि भुमिमा पनि नेपालीले धेरै दुख पाइरहेको भन्दै नेपालका नेताहरुलाई आफ्नो स्वार्थ पुरा नगरेर देशको बारेमा  सोचेर काम गर्न उक्त गितमा आग्रह गरेको गायक अर्यालले जानकारी दिए । एक अर्काको खुट्टा तान्ने परिपाटि र आफ्नो आसेपासेको बारेमा मात्रै सोच्ने नेताहरुले अब देशको बारेमा पनि सोच्न आवस्यक रहेको अर्याले बताए ।

क्रोएसियाको बिभिन्न ठाउँमा छायाँकन गरिएको म्युजिक भिडियोमा लामो समयदेखि क्रोएसिया बस्दै आइरहेका कमल राज कंडेल , तासिलामु शेर्पा, निरु परियार, सपना, पार्वति, मनिसा, पुजा लगायतले समेत अभिनय गरेका छन् ।

भिडियो : 

 

 

Leave a Reply