Home Login
भिडियो

आस्मान लोप्चनको कोरियन लाहुरे गीत सार्वजनिक

अशिम लोप्चन ।

स्पेन — नेपाली आधुनिक पप विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै ईलाम घर भई कोरियामा कार्यरत गणेश तामाङ योञ्जनले “कोरियन लाहुरे ONLINE DHAIRANCHHU” बजारमा ल्याएका छन् । नेपाली गीतसंगीतको क्षेत्रमा सर्वाधिक लोकप्रिय मेलिना राई र गायक आस्मान लोप्चनले यस गीतमा आफ्नो सुमधुर स्वर दिएका छन् ।

विशेष गरी युवा पुस्ताले सामाजिक सञ्जालको प्रयोग गर्ने क्रममा आफूलाई मन परेका मान्छेसँग आपसी चिनजान स्थापित गर्दै आकर्षक तस्वीर साटासाट सहित सम्बन्ध पनि सामाजिक सञ्जाल मार्फत नै जोड्ने र आपसमा मायालु भावहरु व्यक्त गर्ने कुराहरुलाई कल्पना गरेर गीतको शब्द तयार गरिएको हो । तस्वीरकै आधारमा जोडिएको सम्बन्ध मात्रै भरपर्दो हुन नसक्ने सन्देश पनि गीत मार्फत् दिन खोजिएको छ ।

‘कोरियन लाहुरे’ गीतमा संगीत विशाल काल्तानले भरेका छन् । अर्पण स्टुडियो बौद्धमा रेकर्डिङ, सम्पादनमा अनिल बिष्ट प्यूठानी, मिक्स / एरेन्जको जिम्मा अर्पण थिङले सम्हालेका छन् ।

काठमाडौँ वरपर विभिन्न मनोरम दृश्य समावेश गरिएको यस गीतको म्यूजिक भिडियोमा गायक स्वयं आस्मान लोप्चन र सञ्जना गुरुङको अभिनय देख्न सकिन्छ ।

क्यामेरामा दुर्गा श्रेष्ठ, मेकअपमा शोभना थापा र गीतकार गणेश तामाङ योञ्जनकै निर्माणमा बनेको र म्यूजिक भिडियो युद्ध लामाले निर्देशन गरेका हुन् । गीत CLICK NEPAL को अफिसियल यूट्यूब च्यानल मार्फत नेपाली सांगीतिक बजारमा उपलब्ध छ ।

भिडियो हेर्न तलको यूट्यूब लिंक क्लिक गर्नुहोला ।

 

Leave a Reply