काठमाडौं — नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी भिसा लिनका लागि गलत विवरण वा नक्कली कागजात पेस गरेमा वा त्यस्तो भेटिएमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्धका साथै आपराधिक मुद्दा लाग्न सक्ने चेतावनी दिएको छ।
नपालस्थित अमेरिकी दूतावासले बुधबार सूचना जारी गरी अमेरिकी भिसा लिने नाममा गलत विवरण नदिन सचेत गराएको उल्लेख छ ।
दुतावासद्धारा जारी सूचनामा भनिएको छ, ‘कन्सुलर अधिकृतहरू ठगी र नक्कली कागजातसम्बन्धी पछिल्ला घटनाका प्रवृत्ति र प्रविधिका बारे जानकारी राख्छन्।
यदि तपाईंले गलत विवरण दिनुभयो वा नक्कली कागजात पेस गर्नुभयो भने तपाईं स्थायी रूपमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्धित तथा आपराधिक मुद्दाको जोखिममा पर्नुहुन्छ’ भनिएको छ ।
Leave a Reply