एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधनप्रति युरोपाटी मिडिया नेटवर्कद्वारा सञ्चालित युरोपाटी डट.कम द्वारा कडा निन्दा(विज्ञप्ति सहित)
काठमाडौं — राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै शुक्रबार मार्च २८ तारीख काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनका क्रममा आगजनीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको दुःखद निधन भएको घटना प्रति युरोपाटी मिडिया नेटवर्कद्वारा सञ्चालित युरोपाटी डट.कमका अध्यक्ष पुस्तक रेग्मीको हस्ताक्षरमा प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ ।
उक्त विज्ञप्तिमा प्रदर्शनकारीद्वारा सञ्चारकर्मीमाथि गरिएको आक्रमण, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट कार्यालयमा तोडफोड, हिमालय टेलिभिजनको गाडीमा क्षति पुर्याउने कार्य तथा सार्वजनिक तथा निजी सम्पत्तिमाथिको आगजनी र लुटपाट जस्ता हिंसात्मक क्रियाकलापप्रति युरोपाटीले कडा भर्त्सना समेत गरेको छ ।
युरोपाटीले सरकारले प्रेस स्वतन्त्रताको रक्षा गर्दै सञ्चारगृह तथा सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न, घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा यस्ता घटनाहरू नदोहोरिउन् भन्ने सुनिश्चित गर्न कठोर कदम चाल्न युरोपाटी मिडिया नेटवर्कद्वारा सञ्चालित युरोपाटी डट.कमले सरकार समक्ष जोडदार माग समेत गरेको छ ।
(युरोपाटी मिडिया नेटवर्कद्वारा सञ्चालित युरोपाटी डट.कमका अध्यक्ष पुस्तक रेग्मीको हस्ताक्षरमा प्रेस विज्ञप्ति)