प्रवास

लोकदोहोरीका गायक पशुपति शर्मा युरोपको विभिन्न देश आउँदै

बेल्जियम — पछिल्लो समयको चर्चित लोकदोहोरीका गायक  पशुपति शर्मा नेपाली नयाँ वर्ष २०८२ मनाउनको लागि युरोपको विभिन्न देश आउने भएका छन्।

फिनल्यान्डमा रहेको चौतारी इभेन्टद्वारा आयोजना गरिएको उक्त कार्यक्रम अप्रिल ५ देखि सुरु भई अप्रिल २७ सम्म उनको युरोप यात्रा रहने भएको छ। शर्माको युरोपमा पहिलो कार्यक्रम फिनल्यान्डमा अप्रिल ५ तारिख हुने भएको छ। शर्मा दोस्रो पटक युरोप आउन लागेका हुन्।

त्यस्तै १३ अप्रिल स्विडेन, १४ अप्रिल बेल्जियम, १७ अप्रिल स्पेन, १८ अप्रिल डेनमार्क, २० अप्रिल पोल्याण्ड, २१ अप्रिल नर्वे, २६ अप्रिल माल्टा र अप्रिल २७ फ्रान्समा चर्चित लोकदोहोरी गायक पशुपति शर्माको सांगीतिक प्रस्तुति रहने भएको छ।

पछिल्लो समयमा व्यस्त रहेका गायक हुन् पशुपति शर्मा, स्वदेश तथा विदेशमा उत्तिकै स्टेज कार्यक्रम गर्दै आइरहेका गायक शर्मा, नेपाली नयाँ वर्ष २०८२ मनाउनको लागि युरोप आउने लागेका हुन्।

झमझम दर्कियो पानी, बल्ल पो पिर पर्न थाल्यो, क्याम्पस पढ्न आउने, यती बानी सुधार, माया लाको हो भन, झुम्के बुलाकी, कुरी कुरी, लुट्न सके लुट नेपालमै हो छुट, मलाई अमेरिका यही, मुटुमा खिल बस्यो, क्रिकेट खेल्न जान्छु, जस्ता चर्चित गीतका गायक हुन् पशुपति शर्मा — साथै उनको चर्चित थप गीतहरु जन्तै जाम्ला भतेरै खाम्ला, तिहारको रमाइलो जस्ता थुप्रै गीतहरु रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *