Home Login

पोर्चुगल — धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ ठूला कठेरी निवासी विगत केही महिना अघिदेखि पोर्तुगलमा वसोवास गर्दै आएका वर्ष ४० का दीपक सिटौलाको गत जनवरी ६ तारिख बेलुका लिस्वनस्थित शान्तमारिया अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएको हो । धादिङ समाज पोर्चुगलले एक सूचना जारी गर्दै  सहयोगका लागि अपिल गरेको समाजका महासचिव नवराज दुवाडीले […]

धादिङ —  स्वर्गीय मनोज श्रेष्ठ स्मृति कप २०८१ धादिङ जिल्ला अन्तरपालिका महिला,पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। धादिङ जिल्लाका उत्कृष्ट भलिबल खेलाडी मनोज श्रेष्ठको करिब एक वर्ष पहिले निधन भएको थियो। उनकै सम्झनाका लागि उक्त खेलको आयोजना गरेको धादिङ जिल्ला भलिबल संघले बताएको छ। उक्त खेलमा पुरुषतर्फ प्रथम पुरस्कार नगद एक लाख एघार हजार एक […]

धादिङ —  ऐतिहासिक गंगाजमुना मेला २०८१ आगामी कात्तिक २६ गते हुने भएको छ ।  ‘कृषि,पर्यटन,पूर्वाधार,समृद्ध गंगाजमुना मूला आधार’ भन्ने मुल नाराको साथ धादिङ जिल्लाकै ठूलो गंगाजमुना माईमेला २०८१ आगामी २६ गते हुन लागेको हो । धादिङका उत्तरी क्षेत्र फूलखर्कमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन लाग्छ ।मेलामा पालिकाले हरेक वर्ष साङ्गितिक कार्यक्रम आयोजना […]

धादिङ। अन्तर्राष्ट्रिय धादिङ समाजको तेस्रो अधिवेशन सम्पन्न भएको छ। मंगलबार सदरमुकाम धादिङबेसीमा भएको समाजको तेस्रो महाधिवेशनले अध्यक्षमा पुनः खकुराललाई नेतृत्व चयन गरेको हो ।अविधेशनबाट वरिष्ष्ठ उपाध्यक्षमा दिनेश तामाङ (नेपाल),उपाध्यक्षहरुमा सविना थपलिया (अस्ट्रेलिया) राजेन्द्र श्रेष्ठ (जापान),बद्री खतिवडा (अमेरीका) चयन भएका छन् भने महासचिवमा बाबुकाजी भण्डारी (जापान) चयन भएका हुन्। यस्तै नयाँ नेतृत्वको सचिवः राजेन्द्र थपलिया (द.कोरिया) […]

संचारकर्मी युरोपाटीका सम्पादक पुस्तक रेग्मीको स-परिवार धादिङ । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । तिहारको […]

धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार राति ११ बजेर २३ मिनेटमा ३.५ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सो भूकम्पको केन्द्रविन्दु धादिङको खरी आसपास थियो । यसअघि खरी आसपास भएर गत कार्तिक ५ गते ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट घरहरूमा क्षति […]

अनिल रेग्मी / धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले गैर आवसिय नेपाली नागरिकता वितरण सुरु गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले नीलकण्ठ –१४ जन्मस्थान भई हाल संयुक्त अधिराज्य बस्ने गंगा बहादुर बस्नेत र गजुरी २ जन्मस्थान भई हाल संयुक्त राज्य अमेरिका बस्ने लक्ष्मी सेढाई गिरीलाई गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र दिई सेवाको […]

धादिङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धादिङ आउने भएको छन् । त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटारमा आज  देखि सुरु हुने प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष ओली आउने भएको हुन । हामी सवैको कृषि तथा बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको आयोजनामा पहिलो पटक सल्यानटारमा कृषि प्रदर्शनी तथा ब्यापार मेला […]

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा कृषि प्रर्दशनी तथा व्यापार मेला हुने भएको छ । हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीको आयोजना तथा त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ को प्रवधन तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संरक्षणमा उक्त मेला हुन लागेको हो ।                        तस्वीर : नेपाल […]

काठमाडौं ।  धादिङ जिल्ला भलिबल टोलीका कप्तान मनोज कुमार श्रेष्ठ बिहीबार मृत फेला परेका छन् । गंगाजमुना गाउँपालिका–४ गुम्दीका २३ बर्षका मनोज सिद्धलेक गाउँपालिका ३, ढोडेनीमा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ। तमु युवा समाज सिद्धलेक २ ले आयोजना गरेको भलिबल प्रतियोगितामा खेलेर उनी सम्मिलित टोली बास बस्ने क्रममा सिद्धलेक ३ गएको भन्ने जानकारी पाएको […]