Home Login

पहिला पहिला पुलिस रिपोर्ट बनाएर परराष्ट्रको छाप हानेपछि दिल्लीमा स्क्यान कपी पठाइन्थ्यो। त्यो स्क्यानलाई कमसल कपीमा प्रिन्टगरेर नेपाल एम्बेसी हानिन्थ्यो। कतिले त्यही एम्बेसी गरेको पेपरलाई पनि स्क्यान गरेर प्रिन्ट गरेर फेरि अर्को कपी मात्रै क्रोएसियनएम्बेसीमा बुझाउँथे। फलस्वरूप डकुमेन्ट क्रोएसियन एम्बेसी पुग्दा नै एकदम अगतिलो क्वालिटीमा पुग्थ्यो। त्यसलाई उता भारतको क्रोएसियन एम्बेसीले त एसेप्ट गर्थ्यो तर ती कागज अहिले यहाँ क्रोएसियन पुलिस स्टेसनले नमानेर TRC एप्लाई गर्दा “अर्को ओरिजिनल लिएर आइज” भनेर आपत छ। अहिले कथा थोरै बदलियो। अब परराष्ट्र पनि अनलाइन हुने भयो। तैपनि दिल्लीमा यसलाई प्रिन्ट गर्दा राम्रो कपीमा एकदम स्पष्ट रओरिजिनल क्वालिटीमा प्रिन्ट गर्नुस्। नेपाल एम्बेसी गरेपछि यो कागज नदोबारी क्रोएसियन एम्बेसिसम्म पुर्याउनुस्। क्रोएसियन एम्बेसीमा छाप लागेपछि ती कागजका अगाडि पछाडि स्क्यान या कपी गर्नुहोस। ओरिजिनल कागज जतन साथ क्रोएसिया लिएरआउनुस्। पर्मिट, भिसा या जताततै यिनै कपिले काम गर्छन्। सिधै क्रोएसिया आएर TRC एप्लाई गर्दा पुलिस स्टेसनमा ती ओरिजिनल पुलिस रिपोर्ट चाहिने हुन्।

पोर्चुगल । नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ अब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको छ । नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा चलचित्र प्रदर्शन गर्ने लागेको हो । नोभेम्बरबाट पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने छ । ‘नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शनि र सांगीतिक कार्यक्रम गर्दै आएको छ । यसमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्रीथापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।     [wpdevart_like_box profile_id=”100163172292328″ stream=”show” connections=”show” width=”300″ height=”550″ header=”small” cover_photo=”show” locale=”en_US”]

लिस्बन । नेपाली गीत संगीत स्वदेशमा मात्र नभाई विदेशीमा पनि चर्चा परिचर्चा हुदै आएको छ । पोर्चुगलमा पनि एक हप्ता अगाडि मात्र गायक रोशन लामाको शब्द संगीत र आवाजमा रहेको गीतको  म्युजिक भिडियो सार्वजनिक गरेका छन् । भिडियोलाई पोर्चुगलको राजधानी लिस्बनमा सुटिङ गरेको छ । गीतको म्युजिक भिडियोलाई अभिरल श्रेष्ठ (अविग्राफी)ले छायांकन तथा निर्देशन र पोस्ट–प्रोडक्शन समेत गरेका छन् । र श्रेष्ठलाई सविन गुरुङले साथ तथा सहयोगी दिएका छन् । गीतको म्युजिक भिडियोमा दिक्षा थापा ,पासाङ (जेली) र रोशन लामाले अभिनय गरेका छन् । सुरुमा एक माया गर्ने  जोडीलाई भिडियोमा देख्न सकिन्छ । र अन्तिममा माया गर्ने जोडीको साथ छुटेको हामीले यस भिडियोमा देख्न सकिन्छ । यस भिडियो गायक रोशन लामाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । फेरि पनि गीतले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गीतको पुरा म्युजिक भिडियो हेर्न तलको Link खोलेर हेर्नुहोला।