चलचित्र घरज्वाइँ पोर्चुगलमा प्रदर्शन हुँदै

पोर्तुगल । नेपालमा भर्खरै प्रदर्शन भएको चलचित्र घरज्वाइँ अब पोर्चुगलको राजधानी लिस्बनमा पनि यहीँ जुलाई २७ तारिख बाट प्रदर्शन हुने भएको छ।

चलचित्र यही आउँदा जुलाई २७,२८,२९,३० र ३१ तारिख पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको हो । चलचित्र घरज्वाइँ जुलाई २७ तारिख बिहानको शो र अरु दिन बेलुकी ९:१५ को शो रहेको छ ।

पोर्चुगलको राजधानी लिस्बनमा चलचित्र घरज्वाइँको टिकट शुल्क १२.५० युरो रहेको छ।

पोर्तुगलमा नेप्स इन्टरटेनमेन्टले चलचित्र प्रदर्शनमा ल्याउने भएको हो । नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शनि र सांगीतिक कार्यक्रम गर्दै आएको छ ।

टिकटको लागि नेप्स इन्टरटेन्मेन्टको https://www.nepsentertainment.com वेबसाइटमा गएर पनि तपाईँले टिकट लिन सक्नु हुनेछ वा तल दिएको सम्पर्क नम्बर +351-920283319 मा पनि सम्पर्क गरी टिकट लिन सक्नुहुनेछ।


जीएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैँले लेखेका हुन् ।

पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।

सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *