युरोपाटीका सम्पादक पुस्तक रेग्मी नेपाल प्रेस युनियन युरोप शाखाको सदस्यमा चयन 

युरोप । जुलाई १४ तारिख नेपाल प्रेस युनियन युरोप शाखाको प्रथम महाधिवेशन सम्पन्न भएको छ।

उक्त महाधिवेशनबाट युरोपाटीका सम्पादक तथा अध्यक्ष पुस्तक रेग्मी कार्यसमिति सदस्य पदमा चयन भएका छन्।

रेग्मी नेपालमा विगत ६ / ७ वर्षदेखि खोज पत्रकारिता गर्दै आएका र अहिले युरोपेली मुलुक पोर्चुगलमा विगत दुई वर्षदेखि आफ्नो खोज पत्रकारितालाई अगाडि बढाउँदै, युरोपाटीको सम्पादकको जिम्मेवारी लिँदै आएको बताए ।

उक्त अधिवेशनबाट नयाँ कार्यसमितिहरुमा अध्यक्ष संजयभक्त कंडेल,वरिष्ठ उपाध्यक्ष सिदार्थविक्रम क्षेत्री,उपाध्यक्ष भरत प्रधान,उपाध्यक्ष सबिना श्रेष्ठ,उपाध्यक्ष बिकाश लम्साल,महासचिव प्रबल भट्टराई,उप – महासचिव प्रतिक लामिछाने,सचिव मिलन शर्मा,कोषाध्यक्ष  सुजन पराजुली र सदस्यहरुमा कञ्चन प्रसाई,आशिष बस्नेत,विजय शर्मा,पुस्तक रेग्मी,रोहन बानिया,नवराज काफ्ले,हरिप्रसाद पाण्डे र चक्र गुरुङ्ग रहेका छन् ।

रेग्मी बिगत दुई वर्ष देखि पोर्चुगललाई कर्मथलो बनाउनुका साथ साथै आफ्नो पत्रकारीतालाई पनि निरन्तरता दिदै अघि बढिरहेका छन्।

उनले आफ्नो पदको सही जिम्मेवारी पूर्वक काम गर्ने बताएका छन्। उनी नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौं महाधिवेशनबाट कार्यसमिति सदस्य पदमा चयन भएका थिए ।

रेग्मी कार्यसमिति सदस्य पदमा चयन भएका हुन्।उनले अहिले युरोपेली मुलुकको खोज पत्रकारीतालाई अगाडि बढाउदै अहिले युरोपाटी अनलाइनको सम्पादकीय भुमिका निभाईरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *