बागलुङ समाज पोर्चुगलको अध्यक्षमा दिनेश खड्का निर्वाचित

पोर्चुगल । बागलुङ समाज पोर्चुगलको अध्यक्षमा दिनेश खड्का निर्वाचित भएका छन् ।

तेस्रो अधिबेशन तथा सांगीतिक कार्यक्रम सम्पन्न पार्नको लागि नेपालबाट युरोप कार्यक्रममा निस्केका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीले पोर्चुगलमा रहेका नेपालीहरूलाई धुमधामका साथ नाच-गानमा व्यस्त गराएका थिए।

कार्यक्रम दिउँसो ४ बजेबाट सुरु भएतापनि औपचारिक कार्यक्रम छिट्टै समापन गरेर सांगीतिक कार्यक्रमलाई जोडेका थिए। कार्यक्रममा पोर्चुगलमा रहेका संघसंस्थाका प्रतिनिधिहरू तथा वैचारिक दलका नेताहरू समेत उपस्थित भएका थिए।

कार्यक्रममा नेपालीपन झल्केको थियो भने कार्यक्रम हेर्न आउने दर्शकहरू पनि निकै खुसी र उत्साहित थिए।बागलुङ समाज पोर्चुगलको तेस्रो अधिबेशनबाट नयाँ कार्यसमितिहरू तयार भएका छन्।

अध्यक्षमा दिनेश खड्का,बरिष्ठ उपाध्यक्षमा बिष्णु भण्डारी उपाध्यक्षमा भूमीश्वर सापकोटा ,जय वहादुर के.सी.,महेन्द्र जि.सी.,सुवास क्षेत्री,महिला उपाध्यक्षविनु भण्डारी के.सी,माहसचिव कृष्ण के.सी.,सचिव के.पी शर्मा,मिन गुरुङ,जयलाल सुवेदी,सुवेश शर्मा, सह-सचिवमा सुर्य बोहोरा,नविन चोखाल,कोषाध्यक्ष राम बहादुर थापा,सह-कोषाध्यक्षमा,सरदा रायमाँझी,सदस्यहरुमा खड्‌का बाहदुर साहनी,अनमोल के.सी.,विमल कार्की,सुनिल वि.क,खड्‌का वहादुर खत्री ,मुना सापकोटा आचार्य,मन बाहदुर कार्की,देवु थापा,वावुराम धिमिरे,मनोज सिंजाली,केदारनाथ सुबेदी,राजकुमार वस्याल,विकास सुवेदी,चन्द्रमणी न्यूपाने,एलिसा सापकोटा र सरस्वती खत्री क्षेत्री रहेका छन् ।

नव निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सहित फुटेर होइन जुटेर अगाडि बढ्नुपर्छ भन्ने हिसाबले पोर्चुगलमा भोलि भैपरि आउने समस्याहरुलाई समाधानतिर लैजानको लागि र पोर्चुगलमा रहेका थुप्रै संघसंस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्नको लागि शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *