Home Login

ब्रसेल्स — युरोपेली आयोगले रूसी नागरिकहरूले गर्ने भिसा आवेदनहरूमाथि नयाँ, कडा प्रतिबन्धहरू लागू गर्ने एक कार्यान्वयन निर्णय जारी गरेको छ । नोभेम्बर ०७ देखि लागू भएको यो निर्णयसँगै रूसी नागरिकहरूका लागि बहु-प्रवेश शेन्जेन भिसा जारी गर्न पूर्ण रूपमा बन्द गरिएको छ । यसको अर्थ अब रूसी नागरिकहरूले युरोपेली संघ (ईयू) को प्रत्येक यात्राका लागि छुट्टाछुट्टै […]

संयुक्त अरब इमिरेट्स —  युएईले केही महिनादेखि बन्द रहेको नेपाली नागरिकका लागि भिजिट भिसा पुनः खुला गरेको छ । ‘जेनजी आन्दोलन’ पछि युएईले नेपालीको भिजिट भिसा रोक्दै आएको थियो । आन्दोलनका क्रममा जेलबाट फरार भएका व्यक्तिहरू युएई पुगेका हुनसक्ने आशंकाले भिसा रोकिएको बताइए पनि औपचारिक कारण सार्वजनिक गरिएको थिएन । आन्दोलनपछि युएईले कामदार भिसामा पनि […]

बर्लिन, जर्मनी —  नेपाली राजदूतावास बर्लिनले रोमानिया र पोल्याण्डमा सञ्चालित राहदानी घुम्ती शिविरमा आवेदन दिएर हालसम्म पनि राहदानी प्राप्त नगरेका आवेदकहरूलाई तुरुन्त सम्पर्क गर्न एक जरुरी सूचना जारी गरेको छ । दूतावासले राहदानी विभागसँगको समन्वयमा गत २०८१ चैतमा (मार्च/अप्रिल २०२५) दुई युरोपेली मुलुकमा राहदानी सेवाका लागि घुम्ती शिविर सञ्चालन गरेको थियो । शिविर सञ्चालन भएको […]

पोर्चुगल — वैदेशिक रोजगारीको सिलसिलामा विगत साढे दुई वर्षदेखि पोर्चुगलमा कार्यरत एक नेपाली युवाको सडक दुर्घटनामा परी दुःखद निधन भएको छ । नेपालको रौतहट जिल्ला, चन्द्रनिगापुरमा जन्मिई हाल सुनसरीको इटहरी-५ मा बसोबास गर्दै आउनुभएका ४१ वर्षीय नगेन्द्र चौधरीको गत नोभेम्बर ९ तारिखका दिन बेलुकी करिब ७:३० बजे दुर्घटनामा परी निधन भएको हो । प्राप्त जानकारी […]

पोर्चुगल — विश्वकप छनोट अन्र्गत गएराति भएको खेलमा पोर्चुगल पराजित भएको छ । विश्वकप २०२६ को छनोट अन्तर्गत घरेलु मैदानमा पोर्चुगल आयरल्यान्डसँग २-० गोल अन्तरले पराजित भएको हो । आयरल्यान्डको जितमा खेलको १७ औं र ४५ मिनेटमा ट्रोय प्यारटले गोल गरे । दोस्रो हाफमा कमब्याक गर्ने प्रयास गरेको पोर्चुगलले खेलको ६१ मिनेटमा क्रिस्टियानो रोनाल्डोलाई गुमाएको […]

हेलसिंकी — चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चाको शिखरमा पुगेका हास्य कलाकार विशाल गौतम आफ्नो प्रस्तुति लिएर युरोप आउने भएका छन् । आफ्नो विशिष्ट शैलीको ‘एकल हास्य प्रहसन’ का लागि चिनिएका गौतमले आगामी नोभेम्बर र डिसेम्बर महिनामा युरोपका विभिन्न देशहरूमा रहेका नेपाली दर्शकलाई हँसाउने भएका हुन् । उनको यो युरोप भ्रमण मामा ईभेन्ट्स र […]

पोर्चुगल —  पोर्चुगल सरकारले कामदार भिसा सम्बन्धी आफ्नो नीतिमा ठूलो परिवर्तन गरेको छ । नयाँ नियमसँगै पोर्चुगल आउन चाहने नेपालीहरूलाई लक्षित गरी ठगी गर्ने प्रयासहरू भइरहेको भन्दै लिस्बनस्थित नेपाली राजदूतावासले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दूतावासले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पोर्चुगलले ‘उच्च दक्ष’ बाहेक अन्य सबै प्रकारका कामदार भिसा बन्द गरिसकेको अवस्थामा […]

पोर्चुगल — रोजगारको शिलसिलामा पोर्चुगलमा रहँदै आएका म्याग्दीका एक युवक विगत तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । म्याग्दीको मालिका गाउँपालिका, वडा नं. ०५ निवासी चरन घर्ती मगर पोर्चुगलको राजधानी लिस्वनबाट सम्पर्कविहीन हुनुभएको हो । प्राप्त जानकारी अनुसार, चरन घर्ती मगर पछिल्लो समय पोर्चुगलको पोन्ता देलगादा भन्ने ठाउँमा आफ्नै बुवा चन्द्र बहादुर घर्ती मगरसँगै बस्दै र […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलले आफ्नो नागरिकता कानूनमा महत्त्वपूर्ण र कडा परिमार्जन गरेको छ । संसदबाट पारित भएको उक्त संशोधित नागरिकता विधेयकलाई अन्तिम स्वीकृतिका लागि राष्ट्रपति मार्सेलो रेबेलो दे साउजा समक्ष बेलें प्यालेस (राष्ट्रपति कार्यालय) पठाइएको छ । नयाँ कानूनले विदेशीहरूका लागि नागरिकता प्राप्त गर्ने प्रक्रियालाई थप जटिल बनाउने र गम्भीर अपराधमा दोषी ठहरिएकाहरूको नागरिकता […]

पोर्चुगल — पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । क्लब र अन्तर्राष्ट्रिय खेलमा ९५० भन्दा बढी गोल गरेका ४० वर्षे फरवार्ड रोनाल्डोले आगामी दुई वर्षभित्र फुटबलबाट सन्यास लिने बताए । “यो निश्चित हो,” उनले भिडियो लिङ्कमा साउदी फोरमसँग भने । उनलाई सोधिएको प्रश्नमा उनले भने, “सन् […]