Home Login

साइप्रस  — साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडाउलिड्सले सन् २०२६ मा साइप्रस शेन्जेन क्षेत्रमा सामेल हुने बताएका छन् । विगत लामो समयदेखि देशले यो लक्ष्य हासिल गर्न ठूलो प्रयास गरिरहेको छ, उनले भने । प्राविधिक दृष्टिकोणबाट २०२५ को अन्त्यसम्ममा ठूलो प्रयास भइरहेको छ । यो हाम्रो लक्ष्य हो, हामीले २०२६ को लक्ष्यसहित, साइप्रस गणतन्त्र शेन्जेन क्षेत्रमा सामेल […]

फिनल्याण्ड — फिनल्याण्डमा आमाको दिनमा राष्ट्रिय झण्डा फहराइन्छ जुन अरू कुनै पनि निजी वा पारिवारिक दिवसमा देखिँदैन। फिनल्याण्डमा आज मे महिनाको दोस्रो आइतबार आमाहरूको दिन अर्थात् äitienpäivä आमाहरूप्रति गहिरो सम्मान र प्रेम व्यक्त गर्दै देशभर मनाइँदैछ। यो फिनिस संस्कृतिमा आमाको भूमिका, त्याग, योगदान र महत्त्वलाई कदर गर्ने एक महत्वपूर्ण दिन हो । आज छोराछोरीले आफ्नी […]

पोर्चुगल — पोर्चुगलमा आम चुनाव आउन एक हप्ता बाँकी रहदा वर्तमान प्रधानमन्त्री तथा सामाजिक प्रजातान्त्रिक पार्टी (PSD) का नेता लुइस मोन्टेनेग्रोले नेतृत्व गरिरहेको सत्तारूढ डेमोक्रेटिक एलायन्स (AD) ले मे १८ मा हुने आम निर्वाचन अघि सार्वजनिक गरिएको नयाँ मत सर्वेक्षणमा अग्रता कायम राखेको छ । संसदमा स्पष्ट बहुमतका लागि चाहिने मत प्राप्त गर्ने सम्भावना भने […]

बेलायत — प्रवासी नेपाली मञ्च (ओएनएफ यूके) बेलायतको ९ औं अधिवेशन आगामी जुन १५ मा हुने भएको छ । प्रवासी नेपाली मञ्च यूके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा जुममा आइतबार बसेको २० औं कार्यसमितिको पूर्ण बैठकले आगामी १५ जुन २०२५ मा महाधिवेशन गर्ने निर्णय गरेको हो । बेलायतस्थित मिडल्यान्डमा आयोजना हुने अधिवेशनमा एमाले महासचिव शंकर पोखरेल […]

क्यानडा — क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अंकले वृद्धि भई ६.९ प्रतिशतमा पुगेको छ । यसअघि मार्चमा पनि ०.१ प्रतिशत अंकको वृद्धिसँगै बेरोजगारी दर बढेको राष्ट्रिय तथ्यांक निकाय स्ट्याटिस्टिक्स क्यानडाले शुक्रबार जानकारी दिएको छ । यो वृद्धिसँगै बेरोजगारी दर सन् २०२४ को नोभेम्बरमा पुगेको स्तरमा फर्किएको हो, जुन जनवरी २०१७ यताकै उच्चतम दर […]

पोर्चुगल — २३ हजार ५ सय आप्रवासीहरूको बसोबास अनुमति आवेदन अस्वीकृत भएको छ । जसमध्ये ४ हजार ५ सयलाई २० दिन भित्र देश छोड्ने सूचित गरिएको छ । एकीकरण, आप्रवासन र शरण एजेन्सी (AIMA) को मिसन संरचना सकिनु भन्दा एक महिना अघिको प्रतिवेदनमा एक्सप्रेसोलाई बताए अनुसार, १ लाख २३ हजार आवास अनुमतिहरू पहिले नै स्वीकृत […]

पोर्चुगल — नेपाली राजदूतावास लिस्बनले शुक्रबार एकैचोटि दुईवटा सूचना सार्वजनिक गरेको छ । शुक्रबार दिउँसो सार्वजनिक गरेको दुई सूचनामध्ये एक सूचनामा उल्लेख भए अनुसार, सार्वजनिक बिदा सम्बन्धी सूचना र अर्को सेवाग्राहीलाई मध्यनजर गर्दै सार्वजनिक गरेको सूचना प्रकाशित भएको हो । राजदूतावास लिस्बनले बारम्बार जानकारी गराउँदा पनि  धेरैजना सेवाग्राहीहरू राति वा बिहान सबेरै देखि राजदूतावास वरिपरि […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा स्थापना कालदेखि नै सक्रिय संस्था किरात याक्थुङ चुम्लुङ पोर्चुगलको आयोजनामा एक दिने केलाङ (च्याब्रुङ) नाच आयोजना हुने भएको छ । आगामी २६ मे सोमबार आयोजना हुन लागेको कार्यक्रम पोर्चुगलमा रहेको रेस्टुरेन्ट माकी म्याजिक सुशी रेस्टुरेन्ट एण्ड बारमा हुने भएको हो । सो कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने भएको सस्थाका […]

अशिम लोप्चन तामाङ । माल्टा — पछिल्लो समय स्वदेश तथा विदेशमा नेपाली चलचित्र लगायत गीत, संगीतलाई निकै रुचाउन थालेका छन् । त्यसो त प्रदेशीयका नेपालीहरू नेपाली चलचित्र भनेपछि हुरुक्कै हुने गर्दछन् । विदेशमा नेपालीहरु २४ घण्टा काम गरेर एकदिन छुट्टी, निकालेर चलचित्र हेर्न जानको लागि निकै आतुर समेत हुने गर्दछन् । नेपालमा शुक्रबार (वैशाख २६) […]

काठमाडौं — सरकारले अस्ट्रेलिया र मलेसियाका लागि नेपाली राजदूतलाई थप जिम्मेवारी प्रदान गरेको छ ।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवलाई न्यूजिल्याण्डको समेत गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।  यस्तै मलेसियाका लागि नेपाली राजदूत डा नेत्रप्रसाद तिम्सिनालाई ब्रुनाई दारुसलामका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको […]