चलचित्र

चलचित्र ‘ऊनको स्वीटर’ माल्टामा मे १७ तारिख प्रदर्शन हुदै

अशिम लोप्चन तामाङ ।

माल्टा — पछिल्लो समय स्वदेश तथा विदेशमा नेपाली चलचित्र लगायत गीत, संगीतलाई निकै रुचाउन थालेका छन् । त्यसो त प्रदेशीयका नेपालीहरू नेपाली चलचित्र भनेपछि हुरुक्कै हुने गर्दछन् । विदेशमा नेपालीहरु २४ घण्टा काम गरेर एकदिन छुट्टी, निकालेर चलचित्र हेर्न जानको लागि निकै आतुर समेत हुने गर्दछन् ।

नेपालमा शुक्रबार (वैशाख २६) देखि प्रदर्शन हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’ युरोपेली मुलुक माल्टामा मे १७ तारिख प्रदर्शन हुने भएको छ ।

माल्टामा मगवर्ट प्रोडक्सनले प्रदर्शन गर्न लागेको चलचित्रलाई माल्टास्थित इडेन सिनेमासमा प्रदर्शन हुने भएको हो । चलचित्र माल्टामा शनिबार एक शो मात्र प्रदर्शन हुने भएको हो ।

चलचित्र ‘ऊनको स्वीटर’ शनिबार राति १० : ४५ बजेबाट प्रदर्शन हुने मग्वार्ट प्रोडक्सनका संयोजक गणेश लामिछानेले जानकारी दिएका छन् ।

मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टले चलचित्र ‘ऊनको स्वीटर’ को आधिकारिक यूरोप वितरक रहेका हुन् भने केन्द्र मोशन पिक्चर्स प्रमुख प्रायोजक रहेका छन् ।

‘नेपालीभाषा, नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको मगवर्ट प्रोडक्सनले माल्टामा विभिन्न नेपाली चलचित्र प्रदर्शन तथा सांगीतिक कार्यक्रम गर्दै आएको छ ।

युरोपेली मुलुक माल्टामा प्रदर्शन हुने चलचित्र ‘ऊनको स्वीटर’ को टिकट प्रति व्यक्ति १२ युरो रहेको छ, जसमा टिकटको लागि लिङ्कमा क्लिक गरी टिकट लिनको लागि समेत आयोजक मग्वार्ट प्रोडक्सनले आग्रह गरेको छ । आयोजक मग्वार्ट प्रोडक्सनले टिकटमा अफर समेत राखेको छ। ३ वटा टिकेट किन्दा १ टिकट फ्री अफर समेत राखेको हो ।

विपिन कार्की र मिरुना मगरको मुख्य भूमिकामा रहेको चलचित्र ‘उनको स्वीटरमा नविन चौहानको निर्देशन रहेको छ । चलचित्रमा निर्देशक चौहानको लेखन, सुरज कटुवालको सह-लेखन, मुख्य सहायक निर्देशक फिरोज खड्का, गायक सुजन चापागाईं र कोविद बज्रको संगीत, हर्क साउदको शब्द रचना रहनेछ ।

चलचित्रमा विपीन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको अभिनय रहनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *