Home Login

काठमाडौं — कुनै बेला झापाको सानो घुम्ती पसलमा चटपटे बनाउँदै गीत गाएर आफ्नो प्रतिभा सुनाउने सानी किशोरी, आज नेपाली सांगीतिक आकाशकी चम्किलो तारा बनेकी छिन् । उनी हुन्, गायिका रचना रिमाल । हाल उनी युरोपका विभिन्न देशमा आफ्नो सुमधुर स्वरले हजारौं नेपालीको मन जितिरहेकी छिन् । हरितालिका तीजको अवसरमा आयोजित सांगीतिक कार्यक्रमका लागि युरोप पुगेकी […]

पोर्चुगल (लिस्बन) — नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा, नेप्लिज वोमन एसोशियसन पोर्चुगलले आयोजना गरेको “तीज विशेष कार्यक्रम” यहाँस्थित मार्तिम मुनिज पार्कमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायक शिरीष देवकोटाको प्रस्तुतिमा दर्शकहरूले भरपुर मनोरञ्जन लिएका थिए । आइतबार आयोजित उक्त कार्यक्रममा पोर्चुगलमा रहेका नेपाली महिला तथा […]

म्यानचेस्टर — गायक, संगीतकार तथा नेपाल आईडलका लोकप्रिय जज कालीप्रसाद बास्कोटाले दशैं- तिहार लक्षित युके टुर गर्ने भएका छन् । ८८४८ भाईभ्सले गर्न लागेको युके टुरको पहिलो कार्यक्रम म्यानचेस्टरमा हुनेछ । अक्टोबर १२ आइतबार म्यानचेस्टरमा पहिलो पटक नेपालकै झल्को दिने गरि दशैं र तिहार कार्यक्रम राखिएको आयोजक ८८४८ भाइभ्सका प्रवन्ध निर्देशक मनोज बजगाईले जानकारी दिए […]

माल्टा — गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी माल्टा र तामाङ समाज माल्टाको संयुक्त आयोजनामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । माल्टा तथा छिमेकी टापु गोजोमा बसोबास गर्ने नेपालीहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा घिसिङलाई विशेष सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा ‘उज्यालो नेपालका नायक’ […]

काठमाडौँ — नेपाली महावाणिज्यदूतावास, दुबईले सेवा प्रवाहका लागि प्रारम्भिक तयारी पूरा गरी राहदानी तथा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) सेवा प्रदान गर्न सुरु गरेको छ । दुबईको देरा क्षेत्रस्थित अबु हाइल स्ट्रीट, भिला नम्बर १०९ मा रहेका कार्यालय भवनबाट सेवा प्रवाह थालिएको महावाणिज्यदूतावासले जानकारी दिएको छ । राहदानी तथा यात्रा अनुमतिपत्र सेवाका लागि इच्छुक नेपाली नागरिकहरूले […]

टोरन्टो, क्यानाडा — क्यानाडाको सबैभन्दा ठूलो हवाई सेवा प्रदायक एयर क्यानाडाका हजारौं विमान परिचारक (फ्लाइट अटेन्डेन्ट) हडतालमा उत्रिएपछि देशैभर र अन्तर्राष्ट्रिय हवाई यातायातमा गम्भीर असर परेको छ । युनियन र व्यवस्थापनबीच तलब, सुविधा र कामको अवस्थालाई लिएर लामो समयदेखि चलेको वार्ता असफल भएपछि हडताल सुरु भएको हो । यस हडतालले हजारौं यात्रुहरू अलपत्र परेका छन् […]

यस गर्मीमा पोर्चुगल भ्रमण गर्ने योजना बनाइरहेका हजारौं यात्रुहरूले ठूलो अवरोधको सामना गरिरहेका छन् । विमानस्थलका ग्राउन्ड स्टाफहरूले तलब र काम गर्ने अवस्थालाई लिएर अगस्ट महिनाभरि हरेक सप्ताहन्तमा हड्ताल गर्ने घोषणा गरेपछि देशका प्रमुख विमानस्थलहरूमा उडानहरू रद्द हुने र लामो ढिलाइ हुने क्रम जारी छ । यो हड्तालले गर्मी बिदाको उत्कर्षमा यात्रा अराजकता निम्त्याएको छ, […]

काठमाडौं — चर्चित सौंन्दर्यबिद सुष्मा महराको नयाँ तीज गीत सार्वजनिक भएको छ । गायिकाद्वय समीक्षा अधिकारी र रचना रिमालको स्वर रहेको नयाँ गीत ‘आयो तीज’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त गीत सार्वजनिक गरिएको हो । सुष्मा महराको मौलिक शब्दहरू समेटिएको ‘रोमान्टिक’ शैली गीतमा पुरुषोत्तम न्यौपानेको संगीत र केशव बाबुको एरेञ्ज […]

बुडापेस्ट, हंगेरी — युरोपको मुटु मानिने सुन्दर सहर बुडापेस्टमा नेपाली मौलिक संस्कृतिको इन्द्रेणी छाउन लागेको छ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा, हंगेरीमा बसोबास गर्ने नेपालीहरूलाई एउटै मालामा गाँस्दै एक विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । परदेशको व्यस्तताका बीच आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्ने उद्देश्यले नेपाली समाज हंगेरीको […]

पोल्याण्ड — नेपाली लोक संगीतकी चर्चित गायिका शान्ति श्री परियार आफ्नो युरोप भ्रमणको क्रममा पोल्याण्ड आइपुगेकी छिन् । मगर संघ पोल्याण्डको आयोजनामा हुन लागेको “शान्ति श्री परियार सांस्कृतिक साँझ २०२५” का लागि उनी यहाँ आइपुगेकी हुन् । कार्यक्रम यही आउँदो अगस्ट १५ तारिखका दिन पोल्याण्डको प्रमुख शहर लोड्जमा अवस्थित होटल रुबिनमा भव्यताका साथ आयोजना हुने […]