Home Login
मनोरंजन

पोर्चुगलमा सुजन चापागाईंको सांगीतिक कार्यक्रमको अन्तिम तयारी

लिस्बन (पोर्चुगल) युरोप भ्रमणमा रहेका लोकप्रिय गायक सुजन चापागाईंको पोर्चुगलको लिस्बनमा हुने सांगीतिक प्रस्तुति अब अन्तिम तयारीमा पुगेको छ । आगामी मार्च २ तारिख, सोमबारका दिन लिस्बनस्थित प्रसिद्ध सांगीतिक स्थल ‘लिस्बोआ आओ भिभो’ मा आयोजना हुने यस भव्य कार्यक्रमलाई सफल बनाउन आयोजकहरूले सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय पक्षलाई अन्तिम रूप दिएका छन् ।

गुरुङ केएनएस ईन्टरटेन्मेन्ट, केन्द्र मोशन पिक्चर्स र नेल्स इन्टरटेन्मेन्टको त्रिपक्षीय सहकार्यमा हुन लागेको यस कार्यक्रमले पोर्चुगलमा रहेका नेपालीहरूका लागि एक अविस्मरणीय सांगीतिक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

आयोजकले सार्वजनिक गरेको विस्तृत समय तालिका अनुसार मार्च २ को रात १०:०० बजे हलको प्रवेशद्वार खुलेसँगै कार्यक्रमको औपचारिक सुरुवात हुनेछ । त्यसलगत्तै रातको १०:१५ बजेदेखि १२:०० बजेसम्म डिजे सेटको साथमा वार्म-अप सेसन चल्नेछ भने मध्यरात १२:०५ बजेदेखि १२:२५ बजेसम्म नृत्य प्रतियोगिताको विजेता घोषणा, आयोजकको स्वागत मन्तव्य र प्रायोजकहरूको सम्मान कार्यक्रम राखिएको छ । दर्शकहरूको मुख्य प्रतीक्षाका रूपमा रहेका गायक सुजन चापागाईं र ‘द इन्फिनिटी’ ब्याण्डले मध्यरात १२:३० बजेदेखि बिहान ३:०० बजेसम्म मञ्च सम्हाल्नेछन् । यस क्रममा उनले आफ्ना चर्चित गीतहरू ‘तिनपाते’, ‘बाफ’, ‘गालापुक्क’ लगायतका दर्जनौँ लोकप्रिय सिर्जनाहरू प्रत्यक्ष प्रस्तुत गर्नेछन् । कार्यक्रमको समापन भने बिहान ३:०५ देखि ४:०० बजेसम्म चल्ने डिजे सेसनसहितको ‘आफ्टर पार्टी’बाट गरिनेछ ।

आयोजकले कार्यक्रमलाई व्यवस्थित र पहुँचयोग्य बनाउन चार भिन्न श्रेणीमा टिकट दरहरू तय गरेका छन् । जसअन्तर्गत अति विशिष्ट श्रेणीका लागि १५० युरो र विशिष्ट श्रेणीका लागि ७५ युरो तोकिएको छ । त्यस्तै, मञ्चको नजिकबाट आनन्द लिन चाहनेका लागि अग्रिम भाग (फ्रन्ट जोन) को ४० युरो र पछिल्लो भाग (ब्याक जोन) का लागि ३० युरो शुल्क कायम गरिएको छ ।

लिस्बनको सांगीतिक प्रस्तुति पश्चात् गायक चापागाईं मार्च ७ मा माल्टा पुगेर आफ्नो यो सांगीतिक यात्राको समापन गर्नेछन् । यस बृहत् युरोप टुरको मुख्य व्यवस्थापन गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र मामा इभेन्ट्सले सम्हालेका छन् भने केन्द्र मोशन पिक्चर्सले मुख्य सहयोगीको भूमिका निभाएको छ ।

सात समुद्र पार रहेर पनि आफ्नो माटो र संगीतलाई माया गर्ने नेपालीहरूका लागि यो कार्यक्रम एउटा महत्त्वपूर्ण थलो बन्ने विश्वास लिइएको छ । कार्यक्रमका बारेमा थप जानकारीका लागि आयोजकले समीर गुरुङ (+३५१ ९२० २८३ ३१९), किरण गुरुङ (+३५१ ९६१ ४०८ ६५५) र केन्द्र लिम्बू (+९७७ ९८० ६८२ ५५५३) लाई सम्पर्क गर्न सकिने जानकारी दिएका छन् ।

Leave a Reply