Home Login

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारवाहीको लागि पठाएको हो । काउन्सिलले सञ्चारमाध्यमका रुपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामग्री प्रसारण […]

(नेपाल पत्रकार महासङ्घको तीनै तहको निर्वाचन आगामी मङ्सिर २८ गते गरिने) अक्टोबर ०६ काठमाडौं २०२४। सदस्यता विवादका कारण पटक–पटक मिति तोकिंदैं, रोकिंदै आएको नेपाल पत्रकार महासङ्घको तीनै तहको निर्वाचन आगामी मङ्सिर २८ गते शुक्रबार गर्ने निर्णय भएको छ । मध्यपुरथिमिको बोडेमा असोज १९ गते राति सम्पन्न भएको नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय […]

रासस। विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट १ अर्ब ६० करोड प्राप्त गर्दैछ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ । नेपालले तराई भूपरिधि कार्यक्रम अन्तर्गत बागमती नदीबाट महाकाली नदीसम्मका […]

अशिम लोप्चन तामाङ । नेपाल राष्ट्रिय तामाङ घेदुङको पोर्चुगलमा राष्ट्रिय भेला हुन लागेको छ । भेलाले पोर्चुगलको कार्यसमिति गठन गर्नेछ । राष्ट्रिय तामाङ घेदुङका केन्द्रीय सदस्य तथा पोर्चुगलका लागि केन्द्रीय प्रतिनिधि सुजन लामा, केन्द्रीय सदस्य सागर योञ्जन तामाङको अगुवाइमा भेला हुन लागेको हो । पोर्चुगल धेरै नेपाली रहेको युरोपियन देश हो । आवासीय अनुमति लिन […]

पोर्चुगल। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडा दशैं आज (बिहीबार) देखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धुमधामका साथ मनाइन्छ। बडा दशैंको पहिलो दिन आज घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं […]

दुबई। एनएल इन्टरनेशनल अवार्ड २०२४ विभिन्न क्षेत्रहरूमा उत्कृष्ट योगदानहरूलाई सम्मान गर्दै हिल्टन अल सीफको विलासी क्यानोपीमा भव्य समारोहमा शनिबार सम्पन्न भएको छ। न्युजलाइन्स मिडियाले आयोजना गरेको उक्त कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन, सामाजिक सेवा र नेपाली संस्कृति, विशेषगरी यसको समृद्ध पाक सम्पदाको प्रवद्र्धन जस्ता क्षेत्रमा विशेष काम गरेकोमा व्यक्ति तथा संस्थालाई सम्मान गरेको थियो । […]

सन् २०२६ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुलेको छ। बुधबार नेपालस्थित अमेरिकी दूतावासले डिभी भिसा खुला भएको जानकारी गराएको हो।दूतावासले डिभी भिसा बुधबार राति ९ बजेर ४५ मिनेटबाट खुल्ने जानकारी गराएको छ।बुधबार खुलेको डिभी भिसा कात्तिक २० गते नेपाली समय अनुसार रातको १०ः४५ बजे बन्द हुनेछ। डिभी कार्यक्रममा सहभागी हुनेले निःशुल्क फारम भर्न […]

पुस्तक रेग्मी,पोर्चुगल। युवा पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्की आज बिहान पोर्चुगल आइपुगेका छन्। पोर्चुगलमा रहेका नेपाली समुदायलाई हँसाउनको लागि आज सेप्टेम्बर ३० तारिख डेनमार्क देखि पोर्चुगलको राजधानी लिस्बनमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। चर्चित कमेडियनहरूलाई एयरपोर्टमा स्वागत गर्नको लागि आयोजक सोल्टी इभेन्ट्स र केन्द्र मोशन पिक्चर्सको प्रतिनिधिहरू पुगेका थिए। क्यामेराको […]

काठमाडौं । सिधाकुरा डटकमका प्रकाशक र सम्पादक जेल चलान भएका छन् । सर्वोच्च अदालतले गरेको फैसला अनुसार उनीहरु केन्द्रीय कारागार सुनधारा जगन्नाथदेवल चलान भएका हुन् । जेल चलान हुनुभन्दा अगाडि सम्पादक नविन ढुंगानाले फेसबुक मार्फत आफूहरु दुबै जना केन्द्रीय कारागारमा गएको बताएका हुन् । उनीहरुले आफूहरु तोकिएको समय कैद सजाय बसेर बाहिर आउने र समाचारको […]

सेप्टेम्बर २९ आइतबार। भारी वर्षापछि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा शनिबार आएको बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ। विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एकसय जना घाइते भएका छन्।   गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। काठमाडौँमा २५, […]