अक्टोबर २८ ,सोमबार — अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गतको नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री बन्द गरेको छ ।
सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै एन्फाले दशरथ रंगशाला त्रिपुरेश्वरमा हुन गइरहेको नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो ।
एन्फाले आइतबार भएको सेमिफाइनल खेल अन्तर्गत नेपाल र भारतबीचको खेलमा संघसँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट विक्री गरेको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै टिकट बिक्री बन्द गरिएको जनाएको छ ।
यस्तै, टिकेटिङ्ग अधिकार प्राप्त माउण्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिसँग सत्यतथ्य बुझ्ने कार्य भइरहेको र हालकै अवस्थामा कुनै पनि माध्यमबाट टिकट बिक्री नगर्न समेत निर्देशन दिइएको प्रवक्ता सुरेश शाहद्धारा जारी सूचनामा उल्लेख छ । साथै, एन्फाले अर्को सूचना जारी नभएसम्म फाइनल खेलको टिकट खरिद नगर्न समेत दर्शकहरुमा अपिल गरेको छ।
हेर्नुहोस प्रेस विज्ञप्ती —