(नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमको कार्यक्रममा बिदेश बिभाग प्रमुखको सहभागिता)
काजाब्लांका क्यासेल्लो — नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमले अन्तरकृया र आन्तरिक अन्तरसॅस्था सुद्धिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
हिजो लुभेन बेल्जियममा महासॅघ केन्द्रीय उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख बुद्ध घर्तिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथी घर्तिले संयुक्त राष्ट्र संघले घोषणापत्र जारी गर्दे स्थानीय आदिवासीहरूले आत्मनिर्णयको अधिकारलाई प्रदत्त गरेको बताऊनु भयो ।
आदिवासीको थातथलोमा स्वतन्त्रतापूर्वक जानकारी सहितको मन्जुरीनामा हुनु पर्ने बताऊनु भयो ।नेफिन बेल्जियम अध्यक्ष बिरमान मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफिन पोर्चुगलका अध्यक्ष कुमार मगर बिशेष अतिथी रहनु भएको थियो ।
अन्तरकृया र अन्तरसंस्था सुद्धिकरण कार्यक्रममा मातृ संस्थाहरू पाशा पुच बेल्जियम अध्यक्ष सूर्य नारायण श्रेष्ठ , तमु समाज अध्यक्ष होम गुरुंग , बिश्व मगर संघ अध्यक्ष लोक राना ,तामांग समाजका प्रमुख संरक्षक अनिता लामा , किरात राई सोसाईटी अध्यक्ष इन्दिरा चाम्लिंग , किरात याक्थुम चुम्लुंग अध्यक्ष बदन योंगहांगले आ-आफ्ना भनाईहरू राखेका थिए ।
अन्तरसंस्था सुद्धिकरणको क्रममा प्रमुख अतिथी बिदेश बिभाग इन्चार्ज बुद्ध घर्तिले किरात राई सोसाईटी र याक्थुम चुन्लुंगले महासंघको केन्द्रीय मातृसंस्थाबाट सम्बन्धन प्राप्त गरेकाले बेल्जियममा आबद्ध गर्न निर्देशन दिनु भएकाले हिजैबाट लागु हुनेगरी बेल्जियम नेफिनमा आबद्ध भएको घोषणा गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई ,स्तंभकार दिल निशानी मगर , जातिय संस्थाका पूर्ब अध्यक्षहरू ओमराज तमु , मार्के मगर ,बिमल सुब्बा ,नेका बेल्जियम सभापति सुवास गुरुंग , नेजप्रमन्च मह्सचिब कल्पना मगर , ललित जुग्जाली , कला लिम्बु , कर्ण सुब्बा , रबिन राई ,डम्बर लिम्बु , तमु समाजका मनिष तमु, चुम्लुंगका उपाध्यक्ष पेमावती लिम्बु लगायतले मन्तब्य दिएका थिए ।