Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

चलचित्र

चलचित्र १२ गाउँ पोर्चुगलमा प्रदर्शन हुँदै।

पुस्तक रेग्मी । पोर्चुगल — नेपाली चलचित्रमा एक्सनको ‘ट्रेन्ड’ सुरु गर्ने अभिनेता मानिन्छन्, विराज भट्ट । उनको जगजगी रहेको समयमा एक्सन चलचित्रकै बाढी थियो । तर, समयसँगै नेपाली फिल्मको अनुहार फेरिँदै गयो । फरक शैलीका फिल्म बन्न थाले । र, विराज जस्ता एक्सनमा जमेका स्टारहरु पनि सुस्ताए । यसपछि एक्सन फिल्म निर्माणको वातावरण बनेन । अहिले नेपालमा एक्सनलाई नै ‘रिक्स’ जनरा मानिन्छ ।

पछिल्लो समय भने नेपालमा एक्सन फिल्मको ‘ट्रेन्ड’ सुरु हुन थालेको छ । र, विराज पनि ४ वर्षपछि एक्सन फिल्म ‘१२ गाउँ’ लिएर फर्किएका छन् । विराज भट्ट स्वयंको निर्देशनमा तयार भएको फिल्ममा न्यान्सी खड्का, सनिशा भट्टराई, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, सोनु चन्द्रपाल आदिको अभिनय रहेको छ।

नेपालमा असोज २४ अर्थात् फुलपातीबाट प्रदर्शनमा आएको चलचित्र १२ गाउँ पोर्चुगलको राजधानी लिस्बनमा पनि अब प्रदर्शन हुने भएको छ। यस चलचित्र पोर्चुगल लगायत अरु थुप्रै देशहरुमा पनि प्रदर्शन भईरहेको छ।

विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रलाई माया गर्दै आइरहेको नेल्स इन्टरटेन्मेन्टले पोर्चुगलमा थुप्रै चलचित्रहरु प्रदर्शन गरिसकेको छ।

उक्त चलचित्र पोर्चुगलमा भने अक्टोबर २६,२७,२८,२९ र ३० तारिख प्रदर्शन हुने भएको छ। चलचित्र बिहानको शो-मा प्रदर्शन हुने भएको हो भने उक्त चलचित्रको टिकेट १२.५० युरो रहेको छ।

पोर्चुगलमा नेप्स इन्टरटेनमेन्टले चलचित्र प्रदर्शनमा ल्याउने भएको हो । नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया रप्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शनि र सांगीतिककार्यक्रम गर्दै आएको छ ।

टिकटको लागि https://hamroevents.com को वेबसाइटमा गएर पनि तपाईँले टिकट लिन सक्नु हुनेछ वा तल दिएको सम्पर्क नम्बर +351-920283319 मा पनि सम्पर्क गरी टिकट लिन सक्नुहुनेछ।

नेपाली चलचित्रलाई युरोपेली मुलुक पोर्चुगलमा प्रदर्शन गर्नुपर्छ भन्दै दिनरात अहोरात्र खट्ने नाम हो। नेप्स इन्टरटेन्मेन्ट — त्यसो त एक साथ प्रदर्शनमा आएको चलचित्र छक्का पन्जा ५ पनि केही दिन अगाडि मात्र पोर्चुगलमा नेप्स इन्टरटेन्मेन्टले नै प्रदर्शनमा ल्यएको थियो ।

हुन त आफ्नो स्वदेशी ब्राण्ड कसलाई मन पर्दैन र त्यसो भन्दै गर्दा स्वदेशी ब्रान्डलाई विदेशमा पनि उत्तिकै महत्व दिने हो हो भने नेपाली चलचित्र क्षेत्र कहाँबाट कहाँ पुगिसक्थ्यो हामीले कल्पना समेत गर्न सक्दैनथ्यो।

थप जानकारी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *