Home Login

हेलसिंकी — चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चाको शिखरमा पुगेका हास्य कलाकार विशाल गौतम आफ्नो प्रस्तुति लिएर युरोप आउने भएका छन् । आफ्नो विशिष्ट शैलीको ‘एकल हास्य प्रहसन’ का लागि चिनिएका गौतमले आगामी नोभेम्बर र डिसेम्बर महिनामा युरोपका विभिन्न देशहरूमा रहेका नेपाली दर्शकलाई हँसाउने भएका हुन् । उनको यो युरोप भ्रमण मामा ईभेन्ट्स र […]

काठमाडौं —  लोकप्रिय गायक तथा संगीतकार अर्जुन सापकोटाले आफ्नो पछिल्लो सांगीतिक कोसेली ‘झलिको’ सार्वजनिक गरेका छन् । समसामयिक विषयवस्तुमाथि गीत बनाउन सिपालु सापकोटाले यसपटक वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको गहिरो असरलाई गीतको विषय बनाएका छन् । सापकोटाको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा उनीसँगै वर्तमान समयका दुई चर्चित गायिका मेलिना राई र समीक्षा […]

साइप्रस  —  युरोपेली मुलुक साइप्रसलाई कर्मथलो बनाइरहेका नेपाली युवाहरूद्वारा सञ्चालित गडग्रेस फुटबल क्लबले एक भव्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । साइप्रसको सुन्दर सहर पारालिम्निमा सक्रिय रहेको उक्त क्लबले आउँदो नोभेम्बर ९ तारिख आइतबारका दिन लिमासोलस्थित नियो फियस्ता बेनक्विट हलमा “म्युजिक फेस्टिवल साँझ” आयोजना गर्न लागेको हो । विगत केही वर्षदेखि साइप्रसमा रहेका नेपालीहरूमाझ […]

स्पेन (बार्सिलोना) — नेपाली लोक साहित्यको प्रवर्द्धन, संरक्षण र व्यवस्थापन गर्दै यूरोपलाई कर्मथलो बनाएका प्रवासी नेपाली कलाकारहरूलाई एकताबद्ध गर्ने उद्देश्यले स्थापित राष्ट्रीय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल, यूरोप शाखाले आफ्नो चौथो अधिवेशनको तयारी पूरा गरेको छ । आगामी नोभेम्बर ४ शनिबारका दिन स्पेनको पर्यटकीय शहर बार्सिलोनामा संस्थाको चौथो अधिवेशन भव्यताका साथ आयोजना हुन लागेको […]

साइप्रस — रोजगारीको सिलसिलामा युरोपेली मुलुक साइप्रस पुगेका मिङ्मार शेर्पाले आफ्नो भोगाइ र त्यहाँको परिवेशलाई समेटेर नयाँ तामाङ सेलो गीत ‘साइप्रस युरोप देश’ सार्वजनिक गरेका छन् । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीका लागि साइप्रस जाने नेपालीहरूको सङ्ख्या बढिरहेको सन्दर्भमा, यो गीतले धेरैको ध्यान तानेको छ । सार्वजनिक गीतमा लोकप्रिय गायक संजीव घिसिङ र गायिका रामसाली […]

पोर्चुगल — युरोपाटीकर्मी गायक अर्जुन भुसालको आवाजमा ‘बाटो फरक भो’ गीत सार्वजनिक भएको छ । उक्त गीतमा भुसाल र गायिका शान्ति श्री परियारको आवाजमा रहेको छ । उक्त गीत संगीतकार अमित बाबु रोकाएको युट्युब च्यानलबाट बाटो सार्वजनिक भएको हो । हिजो माया गरेको मान्छे आज अर्कैको हुँदा विगतको प्रेम सम्बन्धलाई जोडेर यो गीत सार्वजनिक गरिएको संगीतकार […]

इटली – चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरीले आफ्नो सांगीतिक यात्रालाई युरोपसम्म विस्तार गर्ने भएका छन् । उनले ‘रमाइलो युरोप टुर’ नामक सांगीतिक कार्यक्रममार्फत युरोपका विभिन्न देशमा रहेका नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भएका हुन् । यो सांगीतिक भ्रमणमा उनको साथमा चर्चित मोडल ओबी रायमाझी पनि रहनेछन् । गायक सेन्चुरीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल […]

काठमाडौं —  नेपाली लोकसंगीतको क्षेत्रमा लामो समयदेखि क्रियाशील गायक तथा सर्जक अमित बाबु रोकायले आफ्नो नयाँ सांगीतिक कोसेली ‘आफ्नै मन धुरुरु’ सार्वजनिक गरेका छन् । नेपाली मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले सिर्जना गरिएको यो गीतमा लोपोन्मुख स्थानीय भाकालाई जीवन्त बनाउने प्रयास गरिएको छ । गायक रोकायको आफ्नै आधिकारिक युट्युब च्यानल ‘अमित बाबु रोकाया’ […]

अमेरीका — युवा माझ निकै लोकप्रिय गायक दुर्गेश थापा अमेरीकाको १२ वटा सहरमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुने भएका छन् । अस्ट्रेलिया, कतार र बेलायतको सांगीतिक भ्रमणपछि गायक  थापाको मिसन अमेरीका रहेको छ । अक्टोबरदेखि नोभेम्बरसम्म  १२ सहरमा प्रस्तुति दिदै छन् । दुर्गेशले टेक्सासको अस्टिन, न्यूयोर्क, पेन्सिलभेनियाको पिट्सबर्ग, भर्जिनियाको मनासास, मेरिल्याण्डको बाल्टिमोर, कोलम्बसको ओहायो, कोलोराडोको […]

पोर्चुगल — पछिल्लो समय नेपाली गीत संगीतको बजार स्वदेशमा मात्र नभई विदेशमा पनि तीव्र गतिमा विस्तार भइरहेको छ । नेपालका मेला-महोत्सवमा गुन्जिने कलाकारहरूको आवाज अब युरोप, अमेरिका र अष्ट्रेलियाका कार्यक्रमहरूमा पनि नियमित सुन्न थालिएको छ । यसै क्रममा, युरोपेली मुलुक पोर्चुगल नेपाली सांगीतिक गतिविधिहरूको नयाँ केन्द्र बन्दै गएको छ । रोजगारी र अध्ययनका लागि पोर्चुगलमा […]