Home Login
भिडियो

रोजगारीका लागि साइप्रस पुगेका मिङ्मार शेर्पाको ‘साइप्रस युरोप देश’ सार्वजनिक

साइप्रस — रोजगारीको सिलसिलामा युरोपेली मुलुक साइप्रस पुगेका मिङ्मार शेर्पाले आफ्नो भोगाइ र त्यहाँको परिवेशलाई समेटेर नयाँ तामाङ सेलो गीत ‘साइप्रस युरोप देश’ सार्वजनिक गरेका छन् । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीका लागि साइप्रस जाने नेपालीहरूको सङ्ख्या बढिरहेको सन्दर्भमा, यो गीतले धेरैको ध्यान तानेको छ ।

सार्वजनिक गीतमा लोकप्रिय गायक संजीव घिसिङ र गायिका रामसाली थिङको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा मिङ्मार शेर्पा र राजु लामा थिङको संयुक्त शब्द सिर्जना रहेको छ भने संगीत स्वयम् राजु लामा थिङले नै भरेका हुन् । त्यस्तै उक्त गीतको एरेन्ज सानुबाबु घिसिङले गर्नुभएको छ ।

गीतको अडियो पक्ष जस्तै भिडियो पक्ष पनि निकै उत्कृष्ट बनेको छ । साइप्रसकै विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको भिडियोमा साइप्रसको राजधानी निकोसिया र दोस्रो ठूलो सहर लिमासोलका आकर्षक दृश्यहरू कैद गरिएका छन् । भिडियोमा मिङ्मार शेर्पा, उमा तामाङ, आकाश तामाङ र जियाशना तामाङको जीवन्त अभिनय देख्न सकिन्छ ।

यस गीतको भिडियोलाई मिङ्मार शेर्पा आफैंले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । साइप्रसस्थित मन्डर फोटोग्राफीले भिडियोको सिनेमेटोग्राफी गरेको हो भने सम्पादन तथा कलरको काम अनिल बिष्ट प्युठानीले सम्हालेका छन् । त्यस्तै, भिडियोका कलाकारहरूलाई कुमारी लामाले मेकअप मार्फत सजाएकी छिन् ।

गायक संजीव घिसिङकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतले छोटो समयमै राम्रो प्रतिक्रिया पाइरहेको छ । गीत सार्वजनिक भएको पाँचौं दिनमै युट्युब ट्रेनिङको २४ नम्बरमा पर्न सफल भएको थियो । हाल यो गीत साइप्रस लगायत युरोपका अन्य देशहरू र नेपालमा समेत सामाजिक सञ्जाल टिकटक र फेसबुकमा भाइरल भइरहेको छ ।

पछिल्लो समय नेपालदेखि वैदेशिक रोजगारीको सिलसिलामा साइप्रस पुग्ने नेपालीहरूको सङ्ख्या दिनकै बढ्ने क्रम जारी रहेको बेला, यो गीतले धेरै नेपालीहरूको मन छोएको छ ।

हेर्नुहोस् भिडियो : 

 

 

Leave a Reply