Home Login
भिडियो

युरोपाटीकर्मी गायक अर्जुन भुसालको आवाजमा ‘बाटो फरक भो’ गीत सार्वजनिक 

पोर्चुगल — युरोपाटीकर्मी गायक अर्जुन भुसालको आवाजमा ‘बाटो फरक भो’ गीत सार्वजनिक भएको छ । उक्त गीतमा भुसाल र गायिका शान्ति श्री परियारको आवाजमा रहेको छ । उक्त गीत संगीतकार अमित बाबु रोकाएको युट्युब च्यानलबाट बाटो सार्वजनिक भएको हो ।

हिजो माया गरेको मान्छे आज अर्कैको हुँदा विगतको प्रेम सम्बन्धलाई जोडेर यो गीत सार्वजनिक गरिएको संगीतकार अमित बाबु रोकायले बताएका छन् । ‘बाटो फरक भो, तिमी हाँस्ने मै त रुने अधुरो यो जिन्दगीको बाटो फरक भो’ बोलको गीत निकै मार्मिक बनेको गायक तथा सञ्चारकर्मी अर्जुन भुसालले बताए ।

यस गीतमा गणेश पौडेल प्रकाश पाठकको शब्द रहेको छ । गीतमा लोकेश बिसी, निशा बिसी र प्रकृति बुढाको सुन्दर अभिनय रहेको छ । यो मर्मस्पर्शी गीत धेरै दर्शक श्रोताको रोजाइमा पर्न सक्ने संगीतकार अमित बाबु रोकाको भनाइ छ । गायक अर्जुन भुसाल लामो समयदेखि सञ्चारकर्मीमा आबद्ध रहेका काम गर्दै आइरहेका छन् ।

गीतको लिङ्क :

Leave a Reply