Home Login

लिस्बन (पोर्चुगल) — पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड एट्मोस्फियर (IPMA) ले आज शनिबारका लागि विशेष गरी उत्तरी र तटीय क्षेत्रहरूमा प्रतिकूल मौसमको भविष्यवाणी गरेको छ । भारी वर्षा, तीव्र हावा, र समुद्रमा उठ्ने अग्ला छालहरूका कारण नागरिक तथा समुद्री यात्रुहरूलाई सतर्क रहन आग्रह गरिएको छ । १. मुख्य चेतावनीहरू (IPMA अलर्ट) मौसम विभागले तटीय […]

लिस्बन (पोर्चुगल) — पोर्चुगल सरकारले देशमा अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई फिर्ता पठाउने प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन नयाँ कानुनी व्यवस्थालाई अनुमोदन गरेको छ । मन्त्रिपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति पदका मन्त्री एन्टोनियो लेइटाओ अमारोले यो नयाँ व्यवस्था आप्रवासन नीति सुधारको ‘अन्तिम प्रमुख अंश’ भएको बताएका छन् । यो प्रस्ताव अब संसदमा पेस […]

लिस्बन (पोर्चुगल) — आगामी डिसेम्बर ११ (बुधबार) पोर्चुगलमा आयोजना हुन लागेको सामान्य हडतालका कारण हवाई यातायातमा ठूलो असर पर्ने भएको छ । राष्ट्रिय ध्वजावाहक विमान सेवा TAP Air Portugal ले हडतालको दिन आफ्ना अधिकांश उडानहरू रद्द गरेको घोषणा गरेको छ । यद्यपि, अत्यावश्यक यात्रालाई ध्यानमा राख्दै एयरलाइन्स र विभिन्न ट्रेड युनियनहरूबीच “न्यूनतम सेवाहरू” सञ्चालन गर्ने […]

लिस्बन (पोर्चुगल) — बैंक अफ पोर्चुगलले विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको सम्मानमा ‘७ युरोको बैंकनोट’ जारी गर्ने भन्ने समाचार पूर्ण रूपमा झुटो भएको स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेका यस्ता दाबीहरू पछि केन्द्रीय बैंकले बिहीबार एक आधिकारिक चेतावनी जारी गर्दै जनतालाई भ्रममा नपर्न आग्रह गरेको हो । पछिल्लो समय टिकटक, फेसबुक र ट्विटर […]

पोर्चुगल — राहदानी विभागले पोर्चुगलसहित विभिन्न मुलुक र नेपालका विभिन्न जिल्लाहरूमा तयार भएका राहदानीहरू पठाउने प्रक्रिया सुरु गरेको छ । विभागले मिति २०८२ मंसिर ११ गते एक सूचना जारी गर्दै सन् २०२५ नोभेम्बर १ सम्म आवेदन दिएका सेवाग्राहीहरूको राहदानी तयार भएको जनाएको हो । विशेषगरी पोर्चुगलमा रहेका नेपालीहरूका लागि यो खबर महत्त्वपूर्ण रहेको छ । […]

पोर्चुगल — अमेरिकी अनलाइन पत्रिका टाइम डटकमले भर्खरै सार्वजनिक गरेको ‘सन् २०२५ का उत्कृष्ट १०० तस्बिरहरू’ को सूचीले यस वर्ष विश्वभर घटेका महत्त्वपूर्ण घटनाक्रमलाई एकै ठाउँमा प्रस्तुत गरेको छ । युद्ध, राजनीतिक उथलपुथल, जलवायु परिवर्तन र मानवीय पीडाका यी शक्तिशाली तस्बिरहरूले वर्षभरिको भूमण्डलीय वास्तविकतालाई झल्काएका छन् । टाइमको यो सूचीमा युरोपेली राष्ट्र पोर्चुगलको तस्बिर समावेश […]

पोर्चुगल — पोर्चुगलको संसदले आज सन् २०२६ का लागि सरकारले प्रस्तुत गरेको राज्य बजेट (State Budget – OE2026) पारित गरेको छ । लामो बहस र रस्साकस्सीपछि प्रधानमन्त्री लुइस मोन्टेनेग्रोको नेतृत्वमा रहेको मध्य-दक्षिणपन्थी सरकारले आफ्नो दोस्रो बजेट पास गराउन सफल भएको हो । बजेट पारित हुने/नहुने विषयमा अन्तिम समयसम्म पनि राजनीतिक वृत्तमा चासोको विषय बनेको थियो […]

पोर्चुगल — राहदानी विभागले विभिन्न जिल्ला र विदेशस्थित नेपाली नियोगहरूका लागि तयार भएका राहदानीहरूको विवरण सार्वजनिक गरेको छ । विभागले २०८२ मंसिर १० गते एक सूचना जारी गर्दै २०२५ नोभेम्बर १ सम्म आवेदन दिएका सेवाग्राहीहरूको राहदानी तयार भई सम्बन्धित स्थानतर्फ पठाउने क्रममा रहेको जानकारी गराएको हो । विशेष गरी वैदेशिक रोजगारी र अध्ययनका लागि प्रमुख […]

पोर्चुगल — पोर्चुगलको युवा टोलीले ऐतिहासिक प्रदर्शन गर्दै सन् २०२५ को फिफा यू–१७ विश्वकपको उपाधि जितेको छ । कतारको दोहास्थित खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा सम्पन्न रोमाञ्चक फाइनल खेलमा अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले यो प्रतिष्ठित उपाधि उचालेको हो । यो जितसँगै पोर्चुगलले यू–१७ उमेर समूहको विश्वकप फुटबलको इतिहासमा आफ्नो नाम स्वर्णिम अक्षरले लेख्न सफल […]

साओ टियोटोनियो, पोर्चुगल —  “एकताको लागि फुटबल, फुटबलद्वारा एकताबद्ध” भन्ने मूल नारालाई आत्मसाथ गर्दै आयोजना भएको ‘दोस्रो साओ टियोटोनियो गोल्ड कप–२०२५’ को उपाधि ‘नेप फ्याम एफसी’ ले हात पारेको छ । आइतबार (२३ नोभेम्बर २०२५) सम्पन्न खुल्ला सेभेन ए साइड नेपाली फुटबल प्रतियोगिताको निकै रोमाञ्चक फाइनल खेलमा बुद्ध एफसीलाई पेनाल्टी सुटआउटमा हराउँदै नेप फ्याम एफसी […]