Home Login

माल्टा — पछिल्लो समय युरोपेली मुलुक माल्टामा विभिन्न कारणले ज्यान गुमाउने नेपालीहरूको सङ्ख्या बढ्दै गएको छ । सन् २०२४ र २०२५ मा भएका दुःखद घटनाहरूले त्यहाँस्थित नेपाली समुदायमा चिन्ता बढाएको छ । रोजगारी र राम्रो भविष्यको सपना बोकेर माल्टा पुगेका नेपालीहरूले अकालमा ज्यान गुमाउनु परेपछि सुरक्षा र अन्य विविध पक्षहरूमाथि प्रश्न उठेको छ । सन् […]

माल्टा, २७ साउन । माल्टामा एक हिट एन्ड रन दुर्घटनामा परी ज्यान गुमाएका ४२ वर्षीय नेपाली नागरिक खिम बहादुर पुनको परिवारको सहयोगार्थ सञ्चालन गरिएको कोष सङ्कलन अभियानमा २४ घण्टा नबित्दै १४,३२६ युरोभन्दा बढी रकम जम्मा भएको छ । यो दुखद घटनाले माल्टाको नेपाली समुदाय र स्थानीय नागरिकलाई स्तब्ध बनाएको छ । गत आइतबार बिहान बर्किरकारास्थित […]

माल्टा — युरोपेली मुलुक माल्टामा आइतबार बिहान भएको एक दुःखद सडक दुर्घटनामा परी एक नेपाली नागरिकको निधन भएको छ । माल्टाको बिर्किकारामा भएको मोटरसाइकल दुर्घटनामा म्याग्दी जिल्लाका ४२ वर्षीय एक पुन थर भएका पुरुषको मृत्यु भएको हो । माल्टा प्रहरीले दिएको जानकारी अनुसार, दुर्घटना स्थानीय समय अनुसार बिहान करिब ५:२० बजे त्रिक साल्भु प्साइला सडकमा […]

माल्टा — गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय कार्यसमितिले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) माल्टामा देखिएको नेतृत्व संकट, सदस्यता विवाद तथा अधिवेशन प्रक्रिया अवरुद्ध अवस्थालाई मध्यनजर गर्दै सात सदस्यीय महाधिवेशन समिति गठन गरेको छ । एनसीसी माल्टाले तोकिएको समयभित्र अधिवेशन मिति घोषणा गर्न नसकेको, सदस्यता विवाद समाधान गर्न असफल भएको र केन्द्रीय विधानअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउन […]

भ्यालेटा, माल्टा — माल्टा सरकारले देशको श्रम बजारलाई थप व्यवस्थित र नियन्त्रण गर्न विदेशी श्रमिक नीतिमा महत्त्वपूर्ण कडाइ गर्ने घोषणा गरेको छ । यो नयाँ र कडा नीति आगामी अगस्ट १, २०२५ देखि कार्यान्वयनमा आउने भएको छ, जसले माल्टामा रोजगारीका लागि आउन चाहने विदेशी नागरिकहरू, विशेषगरी गैर-युरोपेली संघ (तेस्रो देश) का नागरिकहरूलाई प्रत्यक्ष असर पार्नेछ […]

माल्टा — माल्टाको स्लिएमा क्षेत्रको समुद्रमा पौडी खेल्ने क्रममा एक नेपाली युवकको ज्यान गएको छ । नेपाल नवलपरासी दलदले घर भइ माल्टाको क्‍वर्मीमा बसोबास गर्ने २५ वर्षीय न्यौपाने थर भएका  युवक समुद्रमा पौडी खेल्ने क्रममा अचानक गाह्रो महसुस गरी बेहोस भएका थिए । लगत्तै मंगलबार बिहान १ बजे साथीहरूको सहयोगमा  युवकलाई मातर देई अस्पताल लगिएको भए पनि चिकित्सकहरूले उनलाई […]

माल्टा — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध साधेको भन्दै युरोपेली मुलुक माल्टामा समेत हस्ताक्षर अभियान सुरु गर्ने भएका छन् । प्रवास नेपाल सम्पर्क विभाग माल्टा र माल्टामा रहेका रवि लामिछानेका समर्थकहरूको अगुवाइमा राजनितिक प्रतिशोध बिरुद्द जनताको हस्ताक्षर अभियान गर्ने भएका हुन् । उक्त हस्ताक्षर अभियान जुन २९ आइतबार, माल्टाको बुजिब्बा स्थित सालिनी […]

अशिम लोप्चन तामाङ । माल्टा — पछिल्लो समय स्वदेश तथा विदेशमा नेपाली चलचित्र लगायत गीत, संगीतलाई निकै रुचाउन थालेका छन् । त्यसो त प्रदेशीयका नेपालीहरू नेपाली चलचित्र भनेपछि हुरुक्कै हुने गर्दछन् । विदेशमा नेपालीहरु २४ घण्टा काम गरेर एकदिन छुट्टी, निकालेर चलचित्र हेर्न जानको लागि निकै आतुर समेत हुने गर्दछन् । नेपालमा शुक्रबार (वैशाख २६) […]

माल्टा — युरोपेली मुलुक माल्टामा आइतबार बिहान मार्सामा मोटरसाइकल दुर्घटनामा परी ४३ वर्षीय नेपाली एक पुरुष अस्पतालमा भर्ना भएका छन् । सम्बन्धित निकायबाट जानकारी प्राप्त भए अनुसार उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ । माल्टाको मसिडामा बस्ने ती व्यक्ति दिउँसो २:३० बजे ट्रिक डिकेम्ब्रु टेलट्याक्समा किम्को मोटरसाइकल अनियन्त्रित हुन पुगेपछि पोलमा ठोकिन पुगेको प्रहरीले […]

माल्टा — युरोपेली मुलुक माल्टाको राजधानी भ्यालेटामा नयाँ वर्ष २०८२ सालको अवसरमा पारेर सोमबार विभिन्न कार्यक्रमसहित ‘नेपाली डे–२०२५’ मनाइएको छ । नेपालको राष्ट्रिय झन्डा फरफराउँदै, नेपालीको पहिचान झल्काउने राष्ट्रिय पोसाक लगाएर मौलिक पहिरन र पहिचानका साथ नेपाली समुदायका प्रतिनिधिहरू कार्यक्रममा सहभागी मात्रै भएनन् नेपाल र नेपालका पर्यटकीय गन्तव्य र महत्वबारे माल्टाबासीलाई जानकारी गराउने प्रयास समेत […]