Home Login
खेलकुद

अल नासर साउदी सुपर कपको फाइनलमा

अल इत्तिहादलाई २-१ ले हराउँदै अल नासरले अन्तिम दुईको यात्रा पक्का गरेको छ । हङकङ स्टेडियममा भएको खेलमा लामो समय १० खेलाडीमा सीमित रहँदा पनि अल नासरले शानदार प्रदर्शन गर्‍यो ।

खेलको सुरुवात नै रोमाञ्चक रह्यो । १० औं मिनेटमा साडियो मानेले गोल गर्दै अल नासरलाई अग्रता दिलाए । तर मात्र ५ मिनेटपछि स्टेभेन बर्गविनले अल इत्तिहादलाई बराबरीमा फर्काए ।

पहिलो हाफको अन्त्यतिर गोलकिपरमाथि फाउल गरेपछि माने रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सीमित भयो र दबाबमा पर्यो ।

त्यसका बाबजुद दोस्रो हाफमा अल नासरले फेरि अग्रता लिन सफल भयो । करिब ६० औं मिनेटतिर जोआँ फेलिक्सले क्रिष्टियानो रोनाल्डोको असिस्टमा गोल गरे । यो गोल उनले चेल्सीबाट अल नासे पुगेपछि गरेको पहिलो गोल थियो । अल नासरले फाइनलमा अल अहली र अल कादसियाहबीचको विजेतासँग खेल्नेछ ।

Leave a Reply