Home Login
खेलकुद

पोर्चुगलमा ‘सातौँ तमु कप’ फुटबल प्रतियोगिता आयोजना हुने

पोर्चुगल पोर्चुगलको सक्रिय संस्था तमु समाज पोर्चुगलले आफ्नो प्रतिष्ठित वार्षिक खेलकुद प्रतियोगिता ‘तमु कप’ को सातौँ संस्करण आयोजना गर्ने घोषणा गरेको छ । यही आउँदो अगस्ट ३१ तारिखका दिन हुने यस प्रतियोगितामा ओपन र भेट्रान (+३५) गरी दुई विधामा सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

पोर्चुगलको राजधानी लिस्बनस्थित भितोरिया क्लब दे लिस्बोआको खेल मैदानमा आयोजना हुने यस प्रतियोगिताले पोर्चुगलमा रहेका नेपाली खेलप्रेमी तथा खेलाडीहरूलाई एउटै छानामुनि भेला गराउने लक्ष्य राखेको छ । समाजले एक सूचना जारी गर्दै सम्पूर्ण खेलाडी तथा खेलप्रेमी महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई प्रतियोगिताको शोभा बढाइदिन हार्दिक अनुरोध गरेको छ ।

तमु समाज पोर्चुगलले यस वर्षको प्रतियोगितालाई थप आकर्षक बनाउन तमु समाजले वृहत पुरस्कार राशिको व्यवस्था गरेको छ । त्यस्तै समाजले अब प्रत्येक वर्ष उक्त खेलकुद प्रतियोगितालाई निरन्तरता दिने समेत बताएको छ ।

७ औँ तमु कप २०२५ (ओपन सेभेन ए साइड)

  • प्रथम पुरस्कार : ५ हजार १ सय युरो
  • द्वितीय पुरस्कार : २ हजार ५ सय युरो
  • प्रवेश शुल्क : ५ सय युरो

७औँ तमु कप २०२५ (भेट्रान +३५ सेभेन ए साइड)

  • प्रथम पुरस्कार : १ हजार ५ सय युरो
  • द्वितीय पुरस्कार : ७ सय ५० युरो
  • प्रवेश शुल्क : ३ सय युरो

आयोजकका अनुसार, पोर्चुगलमा नेपाली समुदायबीच हुने फुटबल प्रतियोगिताहरूमध्ये यो सबैभन्दा ठूलो पुरस्कार राशिको प्रतियोगिता हो । यसले खेलाडीहरूमा थप उत्साह र प्रतिस्पर्धाको भावना जगाउने विश्वास लिइएको छ ।

तमु समाज पोर्चुगलले स्थापनाकालदेखि नै पोर्चुगलमा नेपाली भाषा, संस्कृति र समुदायको एकताका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ । ‘तमु कप’ खेलकुदको माध्यमबाट आपसी भाइचारा, सद्भाव र स्वस्थ प्रतिस्पर्धाको सन्देश प्रवाह गर्ने एक महत्त्वपूर्ण मञ्च बनेको समाजका पदाधिकारीहरू बताउँछन् ।

प्रतियोगितामा सहभागी हुन चाहने टिम तथा खेलसम्बन्धी थप जानकारीका लागि इच्छुक महानुभावहरूले निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछ । ९२०१२१६१३, ९१३३६१६१२ र ९२०५४७५९३ नम्बर रहेको छ ।

युरोपेली मुलुक पोर्चुगल लगायत युरोपको विभिन्न देशहरूमा छरिएर रहेका नेपाली फुटबल खेलाडीहरूका लागि आफ्नो प्रतिभा प्रदर्शन गर्ने यो एक सुनौलो अवसर हुनेछ । साथै, यो खेलकुद महोत्सव सम्पूर्ण नेपाली समुदायका लागि एक अविस्मरणीय दिन बन्ने अपेक्षा गरिएको छ ।

हेर्नुहोस् समाजले सार्वजनिक गरेको सूचना : 

Leave a Reply