Home Login

म्याड्रिड (स्पेन) — स्पेनस्थित नेपाली राजदूतावासले स्पेनमा बसोबास गर्ने वा नेपालबाट स्पेन आउने तयारीमा रहेका नेपाली नागरिकहरूका लागि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण सम्बन्धी अत्यन्त महत्त्वपूर्ण जानकारी सार्वजनिक गरेको छ । स्पेन सरकारको नयाँ नियम अनुसार अबदेखि नेपाली राजदूतावास म्याड्रिडबाट प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण नहुने भएको छ । दूतावासले आज (सोमबार) एक सूचना जारी गर्दै स्पेन […]

स्पेन — स्पेन सरकारले उचित कागजात नभएका आप्रवासीहरूलाई वैधानिक बनाउने प्रक्रिया सुरु गरेपछि अहिले देशभरका सरकारी कार्यालयहरूमा मानिसहरूको ठूलो चहलपहल देखिएको छ । विशेषगरी भ्यालेन्सियाको सिटी हल, विभिन्न प्रहरी चौकी र वाणिज्य दूतावासहरूमा कागजात मिलाउन पर्खिरहेका मानिसहरूको लामो लाइन लाग्न थालेको छ । स्पेन सरकारले हालै कानुनी बसोबासको अनुमति नभएका विदेशीहरूलाई एक वर्षको लागि बसोबास […]

स्पेन — स्पेनको एन्डालुसियास्थित एउटा सुन्दर पहाडी गाउँ ग्राजालेमा यतिबेला प्रकृतिको अकल्पनीय प्रकोपसँग जुधिरहेको छ । विगत केही दिनदेखि भइरहेको कीर्तिमानी वर्षाले यहाँको जनजीवन मात्र अस्तव्यस्त पारेको छैन, जमिनमुनिको अस्वभाविक पानीको चापका कारण सिङ्गो गाउँ नै खाली गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । अन्डालुसियाको क्षेत्रीय सरकारले यस क्षेत्रमा भइरहेको निरन्तरको पराकम्पन र जमिनमुनिको पानीको सतहमा […]

बार्सिलोना (स्पेन) — स्पेन सरकारले देशमा बिना अनुमति बसोबास गरिरहेका करिब ५ लाख आप्रवासीहरूलाई लक्षित गर्दै एक ठूलो नियमितीकरण कार्यक्रमको घोषणा गरेसँगै यहाँका विदेशी समुदायमा नयाँ उत्साह र व्यस्तता थपिएको छ । जनवरी २७, २०२६ का दिन म्याड्रिडमा समाजवादी नेतृत्वको गठबन्धन सरकारले चालेको यो कदमले वर्षौंदेखि कानुनी पहिचानको पर्खाइमा रहेका हजारौँ आप्रवासीहरूका लागि नागरिकता र […]

स्पेन — कागजातविहीन आप्रवासीलाई रेसिडेन्सी (वैधानिकता) दिने स्पेन सरकारको तयारीसँगै त्यहाँ रहेका हजारौं नेपालीहरूमा खुसीको सञ्चार भए पनि राहदानी (पासपोर्ट) को अभावले ठूलो चिन्ता थपिएको थियो । स्पेनस्थित नेपाली दूतावासमा सीमित जनशक्ति र स्रोतसाधन हुँदा छोटो समयमै हजारौंको सङ्ख्यामा राहदानी नवीकरण तथा जारी गर्नुपर्ने चुनौती देखिएको थियो । एक-दुई महिनाभित्रै राहदानी नबने स्पेन सरकारले प्रदान […]

स्पेन — नेपाली राजदूतावासले भोलि सोमबारदेखि राहदानी (पासपोर्ट) सम्बन्धी सेवालाई विशेष प्राथमिकताका साथ अघि बढाउने घोषणा गरेको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै, दूतावासले आफ्नो कार्यसम्पादनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गर्न लागेको हो । दूतावासले सार्वजनिक गरेको जानकारी अनुसार, यो नयाँ व्यवस्था अन्तर्गत चालु हप्तामा ३ सय  […]

मड्रिड (स्पेन) — युरोपमा नेपाली श्रमिकहरूको हकहित र कानुनी सुरक्षाका लागि लामो समयदेखि वकालत गर्दै आउनुभएका नेपाली जनप्रगतीशील मञ्च स्पेनका उपाध्यक्ष केशवराज कँडेलको नेतृत्वमा स्पेनको आल्वासेतेमा रहेका नेपाली समुदायले अन्ततः ठूलो ऐतिहासिक सफलता हात पारेका छन् । विभिन्न भ्रामक प्रचार, प्रशासनिक झमेला र केही समूहको सुनियोजित अवरोधलाई चिर्दै कँडेलको सक्रियतामा आल्वासेतेमा अलपत्र जस्तै रहेका करिब […]

म्याड्रिड (स्पेन) — स्पेन सरकारले कागजपत्रविहीन आप्रवासीहरूका लागि ठूलो राहतको घोषणा गर्ने तयारी गरेको छ । लामो समयदेखि स्पेनमा बसोबास गरिरहेका तर कानुनी कागजात नभएका आप्रवासीहरूलाई सरकारले अब अस्थायी बसोबासको अनुमति (रेसीडेन्सी) प्रदान गर्ने भएको छ । सत्तारूढ गठबन्धन सरकारले यस सम्बन्धी एक विशेष आदेश मंगलबार अनुमोदन गर्ने तयारी गरेको छ, जसबाट करिब ५ लाख […]

म्याड्रिड (स्पेन) — तामाङ समुदायको मौलिक पर्व, पहिचान, भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको मञ्जुश्री संवत् २८६२, ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार विशेष वृहत् सांस्कृतिक कार्यक्रम स्पेनमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । नेपाल तामाङ एकता समाज स्पेन को आयोजनामा सम्पन्न उक्त कार्यक्रम समाजका अध्यक्ष पान बहादुर […]

कोर्डोबा (स्पेन) – कोर्डोबाको अदामुजमा दुई उच्च गतिका रेलहरू एकआपसमा जुधेर भएको भयानक दुर्घटनाले ठूलो मानवीय क्षति निम्त्याएको छ । यस त्रासदीपूर्ण घटनामा हालसम्म ४१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । यद्यपि, रेलको भग्नावशेषबाट खोजी कार्य जारी नै रहेको र अधिकारीहरूले निश्चित मृत्यु संख्या तोक्न नसकेको अवस्थाले यो दुर्घटना कति भयावह छ भन्ने कुरालाई […]