Home Login

युरोपाटी सम्वाददाता ।  क्यानडा — नेपालमा वैशाख २६ देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ क्यानडामा प्रदर्शन हुने भएको छ । चलचित्र क्यानडाको मिसिसाउगा मे १७ तारिख र स्कारब्रोको स्विटरमा मे १८ तारिख प्रदर्शन हुने आँगन इभेन्टका सञ्चालक जिआर भण्डारीले बताए । एमजिपी इन्टरटेनमेन्ट, आँगन इभेन्ट र आई र यू इन्टरटेनमेन्टले क्यानडामा चलचित्र प्रदर्शन गर्न […]

क्यानडा — गायिका रचना रिमाल चढेको विमानको जर्मनीमा इमरजेन्सी ल्यान्डिङ भएको छ । उक्त जहाज मङ्गलबार इमरजेन्सी ल्यान्डिङ भएको हो । क्यानडाको साङ्गितिक यात्रा सकेर आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा भारतमा ल्याण्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमर्जेन्सी ल्यान्डिङ भएको गायिका रिमालले युरोपाटीलाई बताइन् । क्यानडाको साङ्गितिक यात्रा सकेर मंगलबार […]

क्यानडा — क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अंकले वृद्धि भई ६.९ प्रतिशतमा पुगेको छ । यसअघि मार्चमा पनि ०.१ प्रतिशत अंकको वृद्धिसँगै बेरोजगारी दर बढेको राष्ट्रिय तथ्यांक निकाय स्ट्याटिस्टिक्स क्यानडाले शुक्रबार जानकारी दिएको छ । यो वृद्धिसँगै बेरोजगारी दर सन् २०२४ को नोभेम्बरमा पुगेको स्तरमा फर्किएको हो, जुन जनवरी २०१७ यताकै उच्चतम दर […]

क्यानडाका नवनिर्वाचित प्रधानमन्त्री मार्क कार्नी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न अमेरिका पुगेका छ । प्रधानमन्त्रीका रूपमा ट्रम्पसँग मार्क कार्नीको यो पहिलो भेट हो र विश्वले यसमा नजर राखेको छ। ट्रम्पले भने, ‘क्यानडा मेरा लागि एक विशेष ठाउँ हो।’ उनले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने आफ्नो भनाइमा आफू अडिग रहेको पनि बताए। ट्रम्पलाई जवाफ दिँदै मार्क कार्नीले […]

टोरन्टो – क्यानडामा दर्ता भएको गैर-सरकारी संस्था सहयात्रा-क्यानडाले दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूसँगको सहकार्यमा ‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’ आयोजना गर्न लागेको छ। यो सम्मेलन  २५ मेदेखि २७ मेसम्म क्यानडाको टोरन्टोमा आयोजना हुनेछ, जसको मुख्य विषयवस्तु “समानता, सामाजिक न्याय, र जाति प्रथाको उन्मूलनतर्फ ऐक्यबद्धता निर्माण” रहनेछ। “विश्वभर करिब २६ […]

क्यानडा — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि २५ प्रतिशत अतिरिक्त कर लगाउने निर्णय गरे संगै जवाफमा क्यानडाले पनि अमेरिकालाई पनि कर लगाउने भएको छ । अमेरिकाले शनिवारबाट क्यानडालाई भन्सार कर लगाएको थियो । सिएनएनका अनुसार क्यानडाले पनि अमेरिकामाथि २५ प्रतिशत नै कर लाउने भएको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले कर अमेरिकाका १५५ अर्ब डलरका सामानमा […]

क्यानडा — चलचित्र उनको स्विटर क्यानडामा बिक्री भएको छ। नयाँ वर्ष २०८२ को उपलक्ष्यमा क्यानडामा प्रदर्शन हुने गरी चलचित्र उनको स्वीटर क्यानडामा बिक्री भएको हो। नेपालमा नयाँ वर्ष २०८२ को वैशाख २६ गते प्रदर्शन हुने चलचित्र उनको स्वीटर नेपाल र क्यानडामा एकै साथ प्रदर्शन हुने गरी बिक्री भएको आँगन इभेन्टका म्यानेजिङ डाइरेक्टर जिआर भण्डारीले जानकारी […]

युरोप । क्यानडाको क्यालगरी,एबी स्थित आमा नेप्लिज कुजिन रेस्टुरेन्ट तेस्रो वर्षमा प्रवेश गरेको छ । निकै सकारात्मक सोचका धनी युवा व्यावसायिक एक्जुकेटिभ सेफ ज्ञानेन्द्र बञ्जारा शर्माले प्यारी दिवंगत आमालाई सम्मान गर्दै खोलिएको रेस्टुरेन्ट हो आमा नेप्लिज कुजिन । नेपाली मौलिक परिकार प्रवर्द्धन गर्ने आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तरता दिँदै विदेशी भुमिमा नेपालको मौलिक […]

(क्यानडामा ३३ देशबाट थप अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउन अगस्त २६ बाट नयाँ कार्यक्रम घोषणा) क्यानडा । क्यानडाले ३३ देशबाट थप अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउन अगस्त २६ बाट नयाँ कार्यक्रमको घोषणा गरेको छ । आईआरसीसीले अगस्ट २६ बाट केही देशहरूका थप अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई क्यानाडाभरका फ्रान्कोफोन समुदायहरूमा स्वागत गर्न नयाँ आप्रवासन पाइलट कार्यक्रम खोल्ने घोषणा गरेको हो । यो […]