Home Login
प्रविधि

रचना रिमाल चढेको विमान जर्मनीमा इमरजेन्सी ल्यान्डिङ

क्यानडा — गायिका रचना रिमाल चढेको विमानको जर्मनीमा इमरजेन्सी ल्यान्डिङ भएको छ । उक्त जहाज मङ्गलबार इमरजेन्सी ल्यान्डिङ भएको हो ।

क्यानडाको साङ्गितिक यात्रा सकेर आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा भारतमा ल्याण्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमर्जेन्सी ल्यान्डिङ भएको गायिका रिमालले युरोपाटीलाई बताइन् ।

क्यानडाको साङ्गितिक यात्रा सकेर मंगलबार एयर इन्डियाबाट नेपाल फर्कने क्रममा छु । क्यानडाबाट भारतमा ल्याण्ड हुनुपर्ने फ्लाइट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमरजेन्सी ल्याण्ड भएको छ । केहि समयमा जर्मनीबाट भारत हुँदै नेपाल फर्कने तयारीमा छु, उनले भनिन् ।

Leave a Reply