Home Login
चलचित्र

चलचित्र ‘ऊनको स्वीटर’ क्यानडामा प्रदर्शन हुदै

युरोपाटी सम्वाददाता । 

क्यानडा — नेपालमा वैशाख २६ देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ क्यानडामा प्रदर्शन हुने भएको छ ।

चलचित्र क्यानडाको मिसिसाउगा मे १७ तारिख र स्कारब्रोको स्विटरमा मे १८ तारिख प्रदर्शन हुने आँगन इभेन्टका सञ्चालक जिआर भण्डारीले बताए ।

एमजिपी इन्टरटेनमेन्ट, आँगन इभेन्ट र आई र यू इन्टरटेनमेन्टले क्यानडामा चलचित्र प्रदर्शन गर्न लागेको हो ।

अहिले क्यानडामा थुप्रै नेपालीहरु बसोबास गर्ने भएकाले उक्त चलचित्र क्यानडाको विभिन्न सहरहरूमा समेत प्रदर्शन हुने भएको हो ।

विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा रहेको चलचित्र ‘उनको स्वीटरमा नविन चौहानको निर्देशन रहेको छ ।

चलचित्रमा निर्देशक चौहानको लेखन, सुरज कटुवालको सह-लेखन, मुख्य सहायक निर्देशक फिरोज खड्का, गायक सुजन चापागाईं र कोविद बज्रको संगीत, हर्क साउदको शब्द रचना रहेको छ ।

चलचित्रमा विपीन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply