Home Login

हाम्रो हालको फेसबुक रिल्स

बेलायत — प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले बलियो हुँदासम्म आफ्नो भविष्य नहुने देखेका शक्तिहरू एमालेविरुद्ध गाली गर्न लागेको स्पष्ट पारेका छन् । पोखरेलले राष्ट्रलाई बलियो बनाउने अभियानमा एमाले लागेकाले राष्ट्रियताविरोधी शक्ति एमालेविरुद्ध लागेको स्पष्ट गरे । बेलायत भ्रमणमा रहेका पोखरेलले पार्टीनिकट प्रवासी नेपाली मञ्च युकेको नवौँ अधिवेशनलाई बेलायतमा सम्बोधन गर्दै […]

रासस — बेलायतमा एक नेपाली युवा आफ्नो कार्यस्थलमै मृत फेला परेका छन् । लन्डन हन्सलोमा बस्दै आएका २७ वर्षीय विपिन न्यौपाने शनिबार दिउँसो उनी कार्यरत लन्डनको वेम्बली स्टेडियमभित्रकै एक कोठमा मृत अवस्थामा फेला परेका हुन् । लन्डनस्थित नेपाली दूतावासको जानकारीअनुसार घटनाबारे बेलायती प्रहरीले अनुसन्धान अघि बढाएको छ । तर प्रारम्भिक रुपमा अरु कसैको संलग्नता आशंका […]

बेलायत — बेलायतमा म्याग्दी प्रवासी संघको प्रस्तुतिमा सातौं मोना यूके भलिबल टुर्नामेन्ट-२०२५ आउँदो जून २१ मा हुने भएको छ । म्याग्दी समाज यूके र म्याग्दी भलिबल क्लब यूकेको संयुक्त आयोजनामा रस्मूर सेन्टस् एफसीमा मोना यूके भलिबल प्रतियोगिता हुन लागेको हो । खेल बिहान साढे ८ बजेदेखि सुरु हुने छ । टुर्नामेन्टमा पुरुष, महिला, भेट्रान र […]

रासस — नेपाली जनसम्पर्क समिति, बेलायतले ‘सभापति कप’ नामक प्रतियोगिता आयोजना गर्ने भएको छ । शनिवार नमस्ते गोर्खा, फेल्थाममा सम्पन्न कार्यसमिति बैठकले समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । बैठकले नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता फारम वितरण सुरु गर्ने निर्णय समेत गरेको […]

बेलायतबाट सञ्चालित संसारकै प्रतिष्ठित रियालिटी शो ‘ब्रिटेन गट ट्यालेन्ट’ मा आफ्नो उत्कृष्ट नृत्य कौशल देखाउंदै एक नेपाली मूलकी चेली फाइनल राउन्ड प्रवेश गर्न सफल भएकी छन् । भारतको आसाम घर भएकी ९ वर्षीया विनिता क्षेत्री प्रतियोगिताको शीर्ष १० मा पर्दै फाइनल पुगेकी हुन्। प्राविधिक रुपले भारतकी भएपनि जाति, भाषा, संस्कृति र मनदेखि पनसम्मले विनिता नेपाली […]

लन्डन — गोर्खा कपको २३ औं संस्करण तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक तमुधिं यूकेले शनिबार मिचेटस्थित आफ्नै कम्युनिटी भवनमा आयोजित पत्रकार सम्मेलन मार्फत २५ मे आइतबार हुन गइरहेको गोर्खा कपको तयारीबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा खेलकुद सचिव एवं गोर्खा कप संयोजक दीपक घलेले बिहान ९.३० बजेबाटै खेल शुरु भई सांझ ८ बजे […]

लन्डन — बेलायत सरकारको हालै सार्वजनिक इमिग्रेसन ह्वाइट पेपरमा प्रस्तावित पिआरसम्बन्धि नयाँ नियम यसअघि नै बेलायत आइसकेकाहरुको लागि पनि लागू हुने भएको छ । प्रस्तावित योजनामा यस अघि स्थायी बसोबास (पिआर) सुविधाका लागि बेलायतमा बस्नुपर्ने ५ वर्षको अवधिको मापदण्डलाई बढाएर १० वर्ष पुर्‍याइएको छ । गत सोमबार घोषणा हुंदा पिआर सम्बन्धि परिवर्तित १० वर्षे नियम […]

बेलायत — प्रवासी नेपाली मञ्च (ओएनएफ यूके) बेलायतको ९ औं अधिवेशन आगामी जुन १५ मा हुने भएको छ । प्रवासी नेपाली मञ्च यूके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा जुममा आइतबार बसेको २० औं कार्यसमितिको पूर्ण बैठकले आगामी १५ जुन २०२५ मा महाधिवेशन गर्ने निर्णय गरेको हो । बेलायतस्थित मिडल्यान्डमा आयोजना हुने अधिवेशनमा एमाले महासचिव शंकर पोखरेल […]

बेलायत — बेलायतको ग्लस्टरशायरस्थित ट्वीकेसबारी बरोमा नेपाली मूलकी रोजिना प्रधान राई काउन्सिलर निर्वाचित भएकी छन्। विहीबार सम्पन्न स्थानीय निर्वाचनमा लिबरेल डेमोक्र्याट पार्टीका तर्फबाट उनी बरोको इन्सवार्थ वडामा काउन्सिलरमा विजयी बनेकी हुन्। शुक्रबार सार्वजनिक नतिजाअनुसार रोजिनाले ६ सय ६६ मत पाएर जीत हासिल गरिन। उनका निकटतम प्रतिद्वन्दी रिफर्म यूके उम्मेदवारले ५ सय ९६ मत पाए। काउन्सिलर […]

बेलायत — अभिनेता राजेश हमाल बेलायत आउने भएका छन् ।बेलायतामा आयोजना हुने ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा उनले पनि सहभागिता जनाउने भएका हुन् ।  २७ अप्रिलमा माया इभेन्टले ह्यारो लेजर सेन्टरमा आयोजना गर्ने कार्यक्रममा हमालले मनोरञ्जनात्मक प्रस्तुति समेत दिने भएका हुन् । यस अघि केही संवाद र नृत्य गर्दै आएका हमालले यो पटक लन्डनमा स्ट्यान्ड अप […]