Home Login

पोर्चुगल— पोर्चुगल विश्वको छैटौं देश हो जहाँ अङ्ग्रेजी राम्रो बोलिन्छ त्यो जिल्ला हो ब्रागा,त्यसो भन्दै गर्दा पोर्चुगलमा अरु जिल्लाहरूमा अंग्रेजी भाषा नबोल्ने भन्ने होइन विशेषगरी ब्रागा जिल्लामा पर्यटकहरूको गन्तव्य बनेको कारणले गर्दा पनि त्यो ठाउँमा आफ्नो भाषालाई प्राथमिकतामा राख्दै अंग्रेजी भाषा बोल्ने गरिन्छ। ब्रागा जिल्लाको कुल क्षेत्रफल १८३.४० किमी रहेको छ। पोर्चुगलमा सरकारी कार्यालयमा जाँदा […]

एलिया लिम्बु। साइप्रस — किरात याक्थुङ चुम्लुङ साइप्रसको आयोजनामा येले तङ्बे ५०८४ चासोक तङ्नामको शुभ अवसरमा शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रमको लागि आयोजक अन्तिम तयारीमा जुटेको छ। साइप्रसको दोस्रो सुन्दर शहर लिमासोल स्थित मोलोस पार्क नजिकै रहेको ब्रीटानिया म्युजिक हलमा डिसेम्बर १५ तारिख आइतबार हुने उक्त कार्यक्रममा युकेमा बस्ने चर्चित कलाकार गायक नरेश तुम्बाहाङ्फे (फुर्के लाउरे) […]

नेपाल — सगरमाथा संसारको सबैभन्दा अग्लो हिमाल हो, जसको उचाइ समुद्र सतहदेखि ८,८४८.८६ मिटर (२९,०३१.७ फिट) छ। यो हिमाल नेपाल र चीन (तिब्बत) को सिमानामा रहेको छ। सगरमाथालाई तिब्बती भाषामा “चोमोलोङ्मा” (चोमो लुङ्मा) भनिन्छ, जसको अर्थ “पृथ्वीकी देवी” हो। सगरमाथा विश्वभरका पर्वतारोहीहरूका लागि एउटा आकर्षणको केन्द्र हो। सन् १९५३ मा सर एडमण्ड हिलारी (न्यूजिल्यान्ड) र […]

अशिम लोप्चन । स्पेन — २०२४ नोभेम्बर २३ र २४ मा स्पेनमा आयोजित १०औं NINTAI कप स्पेनिस खुला च्याम्पियनसिप क्योकुशिन कराते प्रतियोगितामा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक एवं रेफ्री अशोक रुम्बा तामाङ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी विष्णु बहादुर सार्कीले नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाए। दुई दिने यस प्रतिष्ठित प्रतियोगितामा खेलाडी विष्णु सार्कीले पहिलो दिनको […]

युरोप । खाडी मुलुक दुबई,कतार,मलेसिया,बराइन जस्ता देशहरूमा उत्तिकै मात्रामा नेपाली भएपनि अहिले युरोप तिर पनि नेपालीहरू पलायन हुन थालेका छन्। अहिले अधिकांश नेपालीको मनमा पैसा नभएतापनि भविष्य राम्रो हुने हिसाबले युरोपतिर भाँसिनेको संख्या धेरै मात्रामा भएको छ। युरोपेली मुलुक साइप्रस,रोमानिया,क्रोएसिया,माल्टा पोल्याण्ड,पोर्चुगलमा श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या एकदमै बढेको पाइन्छ। २०२० देखि यता हेर्ने हो […]

रासस। क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदानी लिएका छन् । दुई दिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा प्रवाह गरिएको थियो ।  राहदानी विभाग, टोरन्टोस्थित नेपालको अवैतनिक महावाणिज्य दूतावास, क्यानडा स्थित गैरआवासीय नेपाली सङ्गठन लगायत सामुदायिक संस्थाको सहकार्यमा दूतावासले उल्लेख्य सङ्ख्यामा टोरन्टोमा रहेका नेपाली […]

अशिम लोप्चन तामाङ । वैदेशिक रोजगारीको सिलसिलामा क्रोएसिया पुगेका एक नेपालीले आ।त्मा¥ह।त्या गरेका छन् । करिब ३ बर्ष पहिला क्रोएसिया पुगेका काभ्रेका एक जनाले झुन्डिएर आ¥त्मह¥त्या गरेको हो । काभ्रेको महाभारत गाउँपालिका वडा नं. १ धाप स्थायी घरका पदम गोले मंगलबार त्यहाँको स्थानीय समय अनुसार बिहान ११ बजे झुन्डिएको अबस्थामा मृत फेला परेका हुन्। कन्स्ट्रक्शन […]

बागलुड समाज बेल्जियमको आयोजनामा १७ नोभेम्वर २०२४ का दिन लुभेनमा आफनो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नु भएका बेल्जियमका लागि नेपाली राजदूत महामहिम गेहेन्द्र राजभण्डारीको विदाई कार्यक्रम सम्पन्न भयो । त्यसैगरी यूरोप भ्रमणमा रहनु भएका बागलुड. नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठको स्वागत तथा सम्मानमा एक कार्यक्रम समेत सम्पन्न भयो । बेल्जियम स्थित वैचारिक तथा सामाजिक […]

पोर्चुगल — नेपाल प्रेस युनियन युरोपको गत १४ जुलाईमा सम्पन्न भएको प्रथम अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रम आइतवार (जुम मार्फत्) सम्पन्न भएको छ। नेपाल प्रेस युनियन युरोपका संस्थापक संयोजक सञ्जयभक्त कँडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य नेपाल प्रेस युनियन युरोपका संस्थापक सबिना श्रेष्ठले दिएकी थिइन् भने कार्यक्रममा उपस्थित भएका अतिथिहरूले […]

एलिया लिम्बु । साइप्रस — किरात याक्थुङ चुम्लुङ साइप्रसको आयोजनामा येले तङ्बे ५०८४ चासोक तङ्नामको शुभ अवसरमा  शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ। साइप्रसको दोस्रो सुन्दर शहर लिमासोल स्थित मोलोस पार्क नजिकै रहेको ब्रीटानिया म्युजिक हलमा डिसेम्बर १५ तारिख आइतबार उक्त कार्यक्रम हुने उक्त संस्थाका सचिव रेश्मा लिम्बुले बताइन्। उक्त कार्यक्रमको लागि युकेमा […]