Home Login

नारायणगढ — यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो दुई(पाङ्ग्रे सवारी एक्सचेन्ज इभेन्ट्स मध्ये एक, बहुप्रतिक्षित यामाहा ब्लु फेष्ट एक्सचेन्ज मेला को शुरु भएको छ । दुई (पाङ्ग्रे सवारीसाधान प्रेमीहरूलाई आकर्षित पार्ने उद्देश्य अनुरुप २०८२ आषाढ १५ गतेदेखि आषाढ २० गते सम्म नारायणगढ स्थित क्याम्पसचोकमा (सि.जी.ल्याण्डमार्क सँगै) मेलाको शुरु भएको हो । एक साता सम्म जारी रहने […]

काठमाडौं — ब्रेनल्याण्ड एकेडेमी, सुकेधारा निलोपुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत सफलता प्राप्त गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले असार १३ गते सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयबाट सहभागी भएका २५ जना सम्पूर्ण विद्यार्थीले ४।०० जिपिएसहित उत्तीर्ण भएका छन। विद्यालयका सहायक प्रिन्सिपल प्रशान्त दाहालले उक्त नतिजाप्रति गर्व व्यक्त गर्दै भने, “हामीले यस वर्ष २५ […]

काठमाडौ । सेफ्स एसोसिएसन अफ नेपालले दही चिउरा प्रबर्द्धन कार्यक्रम सम्पन्न गरेको छ ।एसोसिएसनले धान दिवस तथा असार पन्ध्रको अवसरमा रानीबारी–३ स्थित संस्थाको कार्यालयमा आइतबार उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष रेशम कुमार लामा तामाङले नेपालमा मनाईने सबै मेला पर्व तथा रितिरिवाज र संस्कृतिको आफ्नै विशेषता र महत्व रहेको बताए । उनले […]

मड्रिड (स्पेन) — विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली यहाँ आइपुगेका छन्। प्रधानमन्त्री ओलीलाई यहाँ स्थित अडोल्फो सौरेज बराजाज अन्तरराष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्री […]

रोमानिया — नेपाल तामाङ घेदुङ रोमानियाको दोस्रो ऎतिहासिक अधिवेशन आगामी जुलाई १३ तारिख आइतवार  बुखारेष्ट स्थित आदिति किचेनको सभा हलमा हुन भएको छ । ‘प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको लागि नेपाल तामाङ घेदुङ रोमानियाको अभियान’ भन्ने मूल नाराका साथ सुरुवातिमा रोमानियामा कर्मथलो बनाउँदै आईरहेका विभिन्न जिल्लाका सात जना तामाङ बुद्धिजीवी,समाजसेवी दाजुभाइ, […]

माल्टा — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध साधेको भन्दै युरोपेली मुलुक माल्टामा समेत हस्ताक्षर अभियान सुरु गर्ने भएका छन् । प्रवास नेपाल सम्पर्क विभाग माल्टा र माल्टामा रहेका रवि लामिछानेका समर्थकहरूको अगुवाइमा राजनितिक प्रतिशोध बिरुद्द जनताको हस्ताक्षर अभियान गर्ने भएका हुन् । उक्त हस्ताक्षर अभियान जुन २९ आइतबार, माल्टाको बुजिब्बा स्थित सालिनी […]

अमेरिका — अमेरिकी सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलाले अमेरिकी राष्ट्रपतिहरुको अधिकार क्षेत्रलाई बलियो बनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र भविष्यका अमेरिकी राष्ट्रपतिहरूलाई यो फैसलाले महत्वपूर्ण जित दिलाएको अमेरिकी सन्चार माध्यमहरुले बताएका छन । अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले गरेका सयौ कार्यकारी आदेशविरुद्ध संघीय अदालतहरुले रोक लगाएपछि सर्वोच्च अदालतले कार्यकारी राष्ट्रपतिका अधिकारहरुलाई साँघुरो बनाउने गरी अदालतहरूको […]

पोर्चुगल — उत्तरी युरोपमा तुलनात्मक रुपमा चिसो समर भइरहेको बेला दक्षिणी युरोपका देशहरूले यस वर्षको पहिलो र अत्यन्त खतरनाक गर्मीको लहरको सामना गरिरहेका छन् । विशेषगरी स्पेन, पोर्चुगल, इटाली र फ्रान्सका क्षेत्रहरूमा असामान्य रुपमा उच्च तापक्रम मापन भइरहेको छ । इटालीको राजधानी रोममा शनिबार तापक्रम ३८ डिग्री सेल्सियस सम्म पुगेको थियो । यस्तै पोर्चुगलको दुई-तिहाई […]

बेल्जियम — गत सोमबार अर्थात २३ जूनको दिन बेल्जियमको डाइमण्ड शहर आन्थ्रोपेनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैटौँ च्याप्टर सम्मेलन बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालको प्रमुख आतिथ्यता र अनेसासका केन्द्रिय सल्लाहकार जीवा लामिछानेको बिशेष आतिथ्यतामा उद्घाटन भएको सम्मेलन संगठन र भाषा साहित्यबारे तीन दिनसम्म चलेर जून २५ मा सकियो । नेपाली राष्ट्रिय गीतबाट […]

ललितपुर — नेवास्साधना कला केन्द्रव्दारा आयोजित बृहत् सम्मान कार्यक्रममा निरन्तर ५५ बर्ष लामो कला यात्रामा पहिलो पटक अभिनयका महारथी विभूषण  र नगद ५० हजार सहित लाइफटाइम अचिभमेन्ट अवार्ड २०८२ युगीन कलाकार तथा निर्देशक पवन जोशीलाई प्रदान गरिएको छ । जोशीले पाएको नगद ५० हजार राशी आयोजक नेवास्साधना कला केन्द्रका अध्यक्ष  बागमती भाइलाई नै संस्थाको वृति […]