Home Login

अमेरिका —  न्यूयोर्कमा रहेका नेपाली समुदायले आइतबार नेपाल उत्सब (नेपाल डे परेड) मनाएका छन् । नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको नेपाल उत्सवमा नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो । नेपाल उत्सव कार्यक्रममा न्यूयोर्कका अतिरिक्त न्यूजर्सी र कनेक्टिकट राज्यबाट नेपाली पोसाक, राष्ट्रिय झण्डा र ब्यानरसहित नेपाली सहभागी भएका थिए । नेपाल उत्सव कार्यक्रमको […]

बेल्जियम, आन्त्वर्पेन —  ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ प्रवासी नेपाली मंच युरोप महादेश समितिको दोस्रो भौतिक विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम आगामी ८ र ९ जुन २०२५ मा भव्य रूपमा आयोजना हुन लागेको छ। कार्यक्रम बेल्जियमको ऐतिहासिक शहर आन्त्वर्पेनमा सम्पन्न हुने छ। कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका महासचिव श्री शंकर पोखरेल रहनेछन्। […]

बुकारेस्ट — मे १८ — रोमानियाको २०२५ मे १८ मा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा स्वतन्त्र उम्मेदवार तथा हालका बुकारेस्टका मेयर निकुशोर डान (Nicușor Dan) विजयी भएका छन्। उनले आफ्नो मुख्य प्रतिस्पर्धी, राष्ट्रवादी उम्मेदवार जर्ज सिमिओन (George Simion) लाई स्पष्ट मतान्तरले पराजित गर्दै कुल ५३.६ प्रतिशत मत प्राप्त गरेका हुन्। यस ऐतिहासिक जितसँगै निकुशोर डान अब रोमानियाको […]

लाक्पा तेन्जी शेर्पा । रोमानिया — गत मे १७ शनिबार रोमानियाको राजधानी बुकारेस्टमा २५६९ औं बुद्ध जयन्ती विशेष कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरिएको छ। नेपाल तामाङ घेदुङ रोमानिया र कग्यु बुद्धिस्ट एसोसिएसन रोमानियाको संयुक्त आयोजनामा सम्पन्न भएको यस कार्यक्रमले भगवान गौतम बुद्धको शान्तिको सन्देश फैलाउने उद्देश्य राखेको थियो। कार्यक्रमको सुरुवात बुकारेस्टस्थित संसद भवन अगाडि […]

लाक्पा तेन्जी शेर्पा । रोमानिया — येले सम्बत ५०८५: किराँती समुदायको मौलिक चाड उभौली सकेला यस वर्ष रोमानियाको राजधानी बुकारेस्टमा विशेष उत्साह र भव्यताका साथ सम्पन्न भएको छ। नेपाल किराँत समावेशी समाज रोमानियाको आयोजनामा सम्पन्न यो सांस्कृतिक कार्यक्रमले प्रवासमा रहेका नेपाली समुदायबीच पहिचान, एकता र सांस्कृतिक गौरवलाई झनै मजबुत बनाएको छ। कार्यक्रममा किराँती परम्परागत साकेला […]

काठमाडौं — नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान खडा गरिसकेका बहुचर्चित गायक तथा सर्जक बिनोद ढकालको अर्को नयाँ गीत ‘जागिर सरकारी’ सार्वजनिक भएको छ । ढकालकै लय तथा शब्दमा तयार भएको गीतमा ढकाल संगै र संगीता पौडेलको आवाज र कृष्ण लामिछाने एरेन्जर रहेको छ । भिडियोमा लक्ष्मण श्रेष्ठको निर्देशन, मदन राईको छायांकन तथा सम्पादन […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा मे १८ तारिख आइतबार पोर्चुगलको संसदका लागि भएको आम निर्वाचनमा २३० सीट मध्ये पोर्चुगल भित्रको २२६ सीटको साढे तीन घण्टाभित्र सम्पूर्ण परिणाम आएको छ । त्यस्तै अब बाँकी विदेशमा भएका पोर्चुगिस नागरिकका लागि छुट्याइएको ४ सीटको मात्र रिजल्ट आउन बाँकी छ, जसका लागि केही दिनहरु लाग्नेछ ।  २२६ सीटमा वर्तमान प्रधानमन्त्री […]

पोर्चुगल — एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सको आयोजनामा एकदेव लिम्बु कलाज्ञ ब्यान्डले मे १९ सोमबार पोर्चुगलको राजधानी लिस्बानमा सांगीतिक प्रस्तुति दिने भएका छन् । कार्यक्रमका लागि युरोप यात्रामा निस्केका कलाज्ञ ब्यान्डले पोर्चुगल लगायत युरोपको अरु देशहरूमा पनि आफ्नो सांगीतिक प्रस्तुति दिने भएको हो । शनिबार बेलुकी पोर्चुगल आइपुगेका एकदेव […]

अशिम लोप्चन । स्पेन — नेपाली आधुनिक पप विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै ईलाम घर भई कोरियामा कार्यरत गणेश तामाङ योञ्जनले “कोरियन लाहुरे ONLINE DHAIRANCHHU” बजारमा ल्याएका छन् । नेपाली गीतसंगीतको क्षेत्रमा सर्वाधिक लोकप्रिय मेलिना राई र गायक आस्मान लोप्चनले यस गीतमा आफ्नो सुमधुर स्वर दिएका छन् । विशेष गरी युवा पुस्ताले सामाजिक […]

सुबास चाम्लिंग । पोर्चुगल — किरात राई सोसाइटी अफ पोर्चुगलले उभौली साकेला चाड विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । मे १९ तारिख सोमबार सस्थाले सो कार्यक्रम गर्न लागेको हो । पहिचान ,कला परम्परा ,संस्कृतिलाई प्रवासमा चिनाउने र नेपालीत्व झल्काउने उद्देश्यले कार्यक्रम गर्न लागिएको सस्थाका अध्यक्ष दिपेश राईले जानकारी दिए । सोसाईटीका कोषाध्यक्ष अरून राईका […]