Home Login
संघ-संस्था

नेपाल तामाङ घेदुङ रोमानियाको दोस्रो अधिवेशन जुलाई १३ तारिखमा

रोमानिया — नेपाल तामाङ घेदुङ रोमानियाको दोस्रो ऎतिहासिक अधिवेशन आगामी जुलाई १३ तारिख आइतवार  बुखारेष्ट स्थित आदिति किचेनको सभा हलमा हुन भएको छ ।

‘प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको लागि नेपाल तामाङ घेदुङ रोमानियाको अभियान’ भन्ने मूल नाराका साथ सुरुवातिमा रोमानियामा कर्मथलो बनाउँदै आईरहेका विभिन्न जिल्लाका सात जना तामाङ बुद्धिजीवी,समाजसेवी दाजुभाइ, दिदीबहिनिहरुको सक्रियतामा सन् २०२३ जनवरी १ तारिखको दिन तदर्थ समिती गठन गरि तत्काल बृहत् रुपमा प्रथम अधिवेशन सम्पन्न पश्चात् केन्द्रबाट वैधानिकता पत्र प्राप्त गरी फुर्साङ लामाको अध्यक्षतामा १७ जनाको कार्यसमिति सदस्य गठन गरेको संस्थाले जनाएको छ ।

 रोमानिया घेदुङ तामाङ समुदायको नितान्त मातृ संस्था भएता पनि विविध सांस्कृतिक कार्यक्रम आयोजना गरी खर्च कटाएर बचत रहेको रकमबाट रोमानियामा मात्रै नभई नेपालमा समेत आपत विपत्तिको घडीमा सारथि बनी विभिन्न संघसंस्थाहरु संग समन्वय गरी आर्थिक तथा विविध सहयोग, सामाजिक, धार्मिक परोपकारी जस्ता पवित्र कार्यमा अतुलनीय योगदान पुर्‍याउदै आईरहेको छ ।

Leave a Reply