Home Login

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन्। प्रहरीका अनुसार  सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भई काठमाडौं बुढानिकलण्ठ नगरपालिका–९ बस्ने ५१ वर्षीय प्रकाशबहादुर सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। सिंहले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भएको भन्ने पीडितहरूको […]

युरोपाटी संवाददाता— अर्जेन्टिनाले विश्वकप छनौट अन्तर्गतको खेलमा उरुग्वेलाई पराजित गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा खेलको ६८ औ मिनेटमा थियागो अल्माडाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । लियोनेल मेसी, पाउलो डिबाला जस्ता स्टार खेलाडी बिना अर्जेन्टिनाले जित हासिल गरेको छ […]

काठमाडौं। नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ। फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो पटक पराजित गरेको हो। सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो। नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए। मनिष डाँगीले दाया विंगबाट दिएको पासलाई उनले पहिलो टचमै गोलमा […]

युरोपाटी संवाददाता— नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ४ भाइ इभेन्टद्वारा नेपाली नयाँ वर्ष सांगितिक विशेष कार्यक्रम २०८२ आयोजना हुने भएको छ । कार्यक्रम आउदो अप्रिल २१, २०२५ अर्थात बैशाष ८ , २०८२ सोमबारका दिन नर्वेको राजधानी ओस्लो नजिकै Gårdsveien 6, 0952 Oslo, नर्वेमा उक्त सास्कृतिक कार्यक्रम आयोजना हुन गहिरहेको छ । उक्त कार्यक्रममा नेपालका ख्यातिप्राप्त […]

पोर्चुगल — युइएफए नेसन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा डेनमार्कले पोर्चुगलविरुद्ध महत्वपूर्ण जित निकालेको छ  । गएराती सम्पन्न खेल डेनमार्कले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गरेको हो । डेनमार्कको जितका खेलको ७८ औं मिनेटमा रोसमस होजलुन्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । गोल गरेपछि होजलुन्डले आफ्ना आइडल रोनाल्डोकै अगाडी उनको चर्चित सेलिब्रेसन […]

फ्रान्स — युइएफए नेसन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा क्रोएसियाले फ्रान्सलाई स्तब्ध बनाएको छ । गएराती सम्पन्न खेल क्रोएसियाले फ्रान्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । क्रोएसियाको जितमा आन्ट बुदिमिर र इभान पेरिसिकले एक एक गोल गरेका थिए ।   अब क्वाटरफाइनलको दोस्रो लिग मार्च २३ मा फ्रान्सको घरेलु मैदानमा हुने छ । त्यस्तै क्वाटरफाइनलको […]

पोर्चुगल — फिनल्यान्ड विश्वकै सबैभन्दा खुसी देशको पहिलो स्थानमा पर्न सफल भएको छ । बिहीबार प्रकाशित वर्ल्ड ह्याप्पिनेस रिपोर्ट-२०२५ अनुसार फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देशको सूचीमा पहिलो स्थानमा पर्न सफल भएको हो । यो सँगै फिनल्यान्ड लगातार आठौँ वर्षसम्म विश्वको सबैभन्दा खुसी देशको रूपमा सूचीकृत भएको हो । अक्सफोर्ड विश्वविद्यालयको वेलबिइङ रिसर्च सेन्टरद्वारा प्रकाशित वार्षिक […]

युरोपाटी संवाददाता— युरोपेली मुलुक पोर्चुगलको सेतुबल जिल्लास्थित मोन्तिजोमा ‘प्रथम मोन्तिजो कप २०२५’ 7 ए साइड खेलकुद प्रतियोगिता हुने भएको छ। रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपेली मुलुक पोर्चुगल पुगेका नेपालीहरूको लागि स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ उक्त खेलकुद प्रतियोगिता आयोजना गरेको आयोजक मोन्तिजो समाजका अध्यक्ष प्रबल भट्टराईले बताए। अध्यक्ष भट्टराईका अनुसार, […]

बिहीबार घरेलु मैदानमा बहराइनलाई २-० ले हराएसँगै जापान २०२६ को विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ। एसियामा छनोट तेस्रो चरणमा तीन खेल बाँकी रहँदा जापानले विश्वकपमा स्थान पक्का गरेको हो। क्यानडा, मेक्सिको र अमेरिकाले आयोजकको रुपमा विश्वकपमा स्थान पक्का गरिसकेका थिए। छनोट पार गरेर जापानले विश्वकप २०२६ मा स्थान पक्का गरेको हो। […]

भारत —  युक्रेन विरुद्धको जारी युद्धमा रुसी सेनाको लागि लड्दा पक्राउ परेका सात नेपाली नागरिकलाई रिहा गर्न नेपालले युक्रेनी अधिकारीहरूलाई आग्रह गरेको छ। यी व्यक्तिहरूलाई रुसले भर्ती गरेको र युद्धभूमिमा तैनाथ गरिएको बताइएको छ, जहाँ उनीहरूलाई पछि युक्रेनी सेनाले बन्दी बनाएको थियो। नेपालका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नयाँ दिल्लीमा युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहासँग […]