Home Login
खेलकुद

सन् २०२६ को फिफा विश्वकपका लागि जापान छनोट

बिहीबार घरेलु मैदानमा बहराइनलाई २-० ले हराएसँगै जापान २०२६ को विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ।

एसियामा छनोट तेस्रो चरणमा तीन खेल बाँकी रहँदा जापानले विश्वकपमा स्थान पक्का गरेको हो।

क्यानडा, मेक्सिको र अमेरिकाले आयोजकको रुपमा विश्वकपमा स्थान पक्का गरिसकेका थिए।

छनोट पार गरेर जापानले विश्वकप २०२६ मा स्थान पक्का गरेको हो। एसिया छनोटमा ४८ देशले भाग लिदैछन्। एसियाबाट कम्तिमा ८ टोलीले आगामी वर्षको विश्वकपमा स्थान बनाउनेछन्।

एसिया छनोटको तेस्रो चरणबाट ६ टोली र चौथो चरणबाट २ टोलीले विश्वकपमा स्थान बनाउनेछन्। यस्तै एक टोलीले अन्तर-महादेशीय प्ले-अफहरू मार्फत् विश्वकप स्थान बनाउने सम्भावना हुन्छ। 

तेस्रो चरणबाट तीन समूहका शीर्ष दुई टोली विश्वकपमा पुग्ने प्रावधान छन्। समूह ‘सी’ मा शीर्ष स्थानको जापानले दोस्रो स्थानको अस्ट्रेलियाभन्दा ९ अंक बढी जोडेसँगै विश्वकपमा स्थान पक्का गर्न सफल भयो। 

जापान २०२२ को कतार विश्वकपको अन्तिम १६ मा पुगेको थियो, तर पेनाल्टीमा क्रोएसियासँग पराजित भएको थियो।

Leave a Reply