युरोपाटी संवाददाता—
नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ४ भाइ इभेन्टद्वारा नेपाली नयाँ वर्ष सांगितिक विशेष कार्यक्रम २०८२ आयोजना हुने भएको छ । कार्यक्रम आउदो अप्रिल २१, २०२५ अर्थात बैशाष ८ , २०८२ सोमबारका दिन नर्वेको राजधानी ओस्लो नजिकै Gårdsveien 6, 0952 Oslo, नर्वेमा उक्त सास्कृतिक कार्यक्रम आयोजना हुन गहिरहेको छ ।
उक्त कार्यक्रममा नेपालका ख्यातिप्राप्त लोकदोहोरी गायक पशुपति शर्मा तथा लोक गायिका सुनिता दुलालको साथमा नर्वेमा रहेका नेपाली कलाकारहरु र KNDC ग्रुपको विषेश प्रस्तुति हुने भएको छ ।
कार्यक्रममा नर्वेको ओस्लो वरीपरी रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु उपस्थित भइ नाच्न र नचाउन ४ भाइ इभेन्टले अनुरोध गरेको छ ।
उक्त सांगेतिक कार्यक्रम दिनको ठिक ४ बजेदेखि राती १० बजे सम्म सन्चालन हुनेछ । कार्यक्रममा १२ बर्ष भन्दा मुनिका बालबालिका र ६७ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई प्रवेश नि:शुल्क गरिएको छ भने अन्य दर्शकहरुलाइ भने अहिलेनै टिकट लिनेलाइ २४९ नर्वेजियन र कार्यक्रमको दिनमा टिकट लिनेलाइ २९९ नर्वेजियन कोर्न लाग्ने आयोजकले जानकारी गराएका छन् साथै ४९९ नर्बेजियन कोर्नको टिकट लिनुभयो भने खाजाको समेत ब्यबस्था हुनेछ ।
टिकटको लागि यि तलका नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ । 96655538, 96693733, 96834879 साथै कार्यक्रम हलमा अन्य नेपाली खाजाको स्टलहरु पनि राखिने व्यबस्था गरिएको आयोजकले जानकारी गराएका छन् ।
Leave a Reply