युरोपाटी संवाददाता—
युरोपेली मुलुक पोर्चुगलको सेतुबल जिल्लास्थित मोन्तिजोमा ‘प्रथम मोन्तिजो कप २०२५’ 7 ए साइड खेलकुद प्रतियोगिता हुने भएको छ।
रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपेली मुलुक पोर्चुगल पुगेका नेपालीहरूको लागि स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ उक्त खेलकुद प्रतियोगिता आयोजना गरेको आयोजक मोन्तिजो समाजका अध्यक्ष प्रबल भट्टराईले बताए। अध्यक्ष भट्टराईका अनुसार, २०२३ मा स्थापना भएको समाजले पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको र यस खेलकुद प्रतियोगिताबाट भाईचारा र सद्भाव समेत बढाउने विश्वास रहेको बताएका छन्।मोन्तिजो समाजको आयोजना हुन भएको उक्त खेलकुद प्रतियोगिता प्रथम हुनेले ३ हजार ५ सय युरो सहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २ हजार युरो सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
अप्रिल २० तारिख हुने उक्त खेलकुद प्रतियोगिता पोर्चुगलमा रहेका खेलप्रेमी नेपालीहरूले सहभागिता जनाउन सकिने आयोजकले बताएको छ।
आयोजकले बताए अनुसार उक्त ‘प्रथम मोन्तिजो कप २०२५’ 7 ए साइड खेलकुद प्रतियोगिताको लागि टिम दर्ता शुल्क ३ सय ५० युरो रहेको छ।