Home Login

काठमाडौं — म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरिएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले म्यानमारबाट उद्धार गरी नेपाल पठाइएको जानकारी दिएको छ । विज्ञप्तिमा अनुसार : म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच जना नेपाली नागरिकहरुमध्ये चार जना (पुरुष) थाइ सरकारी निकाय, आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा यही १७ […]

(टर्की एयरलाइन्सद्वारा पोर्चुगलको राजधानी लिस्बनमा उडानहरू बढाएको छ।) लिस्बन— टर्की एयरलाइन्सले जुन ९ देखि, टर्की इस्तानबुल देखी लिस्बन सम्मको उडानहरूको संख्या १४ थियो भने अहिले चार उडान थपेर हप्तामा १८ उडानहरू बढाएको हो। यो वृद्धिले बजारमा नयाँ जडानहरूको लागि थप लचिलोपन, सुविधा र अवसरहरू प्रदान गर्नु हो। नयाँ फ्रिक्वेन्सीहरू इस्तानबुलबाट सोमबार, बुधवार, शुक्रवार र आइतवार […]

लिस्बन — पोर्चुगलम आइतवार २.७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो। कोइम्ब्राबाट करिब छ किलोमिटर पूर्व-उत्तरपूर्वमा केन्द्रबिन्दु रहेको पोर्चुगल इन्स्टिच्युट अफ द सी एण्ड एटमोस्फियर (IPMA) ले जनाएको छ। आइतवार साँझ ५:२३ मा भूकम्पको धक्का महसुस भएको थियो भने पूर्ण जानकारी प्राप्त अनुसार, अहिलेसम्म कुनै पनि व्यक्तिगत वा भौतिक क्षति नभएको आईपीएमएले बताएको छ […]

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको छ ।  पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन् । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारीपत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई आइतबार साँझनै पठाएको थियो । संघीय संसद सचिवालयका […]

राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि नियुक्त भएका राजदूतलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपतिको सरकारी निवास शितल निवासमा भएको सपथ समारोहमा भारत, रुस, बेलायत, स्पेन र दक्षिण कोरियाका लागि नयाँ राजदूतले सपथ लिएका थिए । भारतका लागि शंकरप्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाङ्फे, स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार […]

युरोप — आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरेका छन् ।  राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई आइतबार राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विज्ञप्ति

नर्वे— नर्वेमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन डेनमार्कस्थित नेपाली दूतावासको टोली नर्वेको ओस्लो आउने भएको छ । विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन दूतावासको टोली २०२५ जनवरी १२ र १३ मा नर्वेको ओस्लो आउन लागेको दूतावासले जनाएको छ । विद्युतीय राहदानी (ई–पासपोर्ट) को समस्यामा परेका नेपालीलाई ओस्लोबाटै कन्सुलर सेवा दिने गरी टोली पठाउन लागिएको हो भने […]

पोर्चुगल — सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक […]

जर्मनी — जर्मनीको म्याग्डेबर्गमा क्रिसमस बजारमा शुक्रबार कारले दुर्घटना निम्त्याएको थियो । उक्त दुर्घटना भएपछि चालकलाई प्रहरीले गिरफ्तार गरेको छ। उक्त घटनामा एक बालक सहित कम्तिमा दुई जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। साउदी अरबका ५० वर्षीय एक पुरुषलाई उक्त घटना  निम्त्याएको कारणले घटनास्थलमै पक्राउ गरिएको थियो। प्रहरीहरूले […]

जर्मनी— जर्मनीको क्रिसमस बजारमा शुक्रबार एउटा कारले दुर्घटना निम्त्याएको छ । उक्त दुर्घटना भएपछि चालकलाई प्रहरीले गिरफ्तार गरेको छ। जर्मनीको डिपीए समाचार एजेन्सीले रिपोर्ट गरे अनुसार, उक्त हमलामा २० जनाभन्दा बढी घाइते भएको जनाएको छ। स्याक्सोनी-एनहोल्ट प्रान्तका प्रधानमन्त्री रेइनर ह्यासेलोफ घटनास्थलमा पुगेका थिए। विस्तृत विवरण आउन बाँकी रहेको छ ।