पोर्चुगल — तामाङ समाज पोर्चुगलद्वारा आयोजित सोनाम ल्होछार २८६१ डुल (स पुख्री) (सर्प बर्ग) ल्हो शुभकामना अदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
गत आइतवार पोर्चुगलको राजधानी लिस्बनस्थित टाइम आउट मार्केट क्यास दो सोड्रेमा आयोजित ल्होछार कार्यक्रमले तामाङ समुदायको संस्कृति, परम्परा र एकता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको समाजका अध्यक्ष गोपाल योन्जनले बताए।
कार्यक्रममा पोर्चुगलका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तामाङ समुदायका सदस्यहरू, बिभिन्न समाजका प्रतिनिधिहरु उल्लेखनीय उपस्थिति रहेको थियो ।
सांस्कृतिक प्रस्तुति, परम्परागत नृत्य, संगीत र तामाङ संस्कृतिसँग सम्बन्धित विविध प्रस्तुतीहरूले कार्यक्रममा उल्लास थपेको आयोजकको भनाइ छ। कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट पाहुनाहरूले तामाङ समुदायको योगदानको प्रशंसा गर्दै आपसी सद्भाव र एकताको सन्देश दिएका थिए ।
तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योन्जनको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार मगर रहेका थिए। पोर्चुगलमा रहेको विभिन्न संघ संस्थाका पदाधिकारीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।
यस अवसरमा तामाङ परिकारहरूको विशेष स्वाद, परम्परागत पोशाक र लामा गुरुहरूको धार्मिक अनुष्ठानले सबैलाई सांस्कृतिक मूल्यमाथि पुन: स्मरण गराएको थियो । कार्यक्रममा सहभागी सबैले यो कार्यक्रमलाई ऐतिहासिक र सम्झनलायक मानेका छन् ।
कार्यक्रमलाई अध्यक्ष गोपाल योन्जनले समापन गराएका थिए भने कार्यक्रम संचालक संस्थाका महासचिव कुमार सिं बलले गरेका थिए।
उक्त कार्यक्रममा चर्चित गायक मिलन लामा सहित स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहेको थियो।
Leave a Reply