अशिम लोप्चन तामाङ ।
४ फेब्रुअरी — तामाङ समाज माल्टाद्वारा आयोजित सोनाम ल्होछार २८६१ डुल (स पुख्री) (सर्प बर्ग) ल्हो सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
माल्टाको जिरा स्थित अर्फियम थेयटरमा आयोजित ल्होछार कार्यक्रमले तामाङ समुदायको संस्कृति, परम्परा र एकता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
कार्यक्रममा माल्टाका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तामाङ समुदायका सदस्यहरू, बिभिन्न समाजका प्रतिनिधिहरु उल्लेखनीय उपस्थिति रहेको थियो ।
सांस्कृतिक प्रस्तुति, परम्परागत नृत्य, संगीत र तामाङ संस्कृतिसँग सम्बन्धित विविध प्रस्तुतीहरूले कार्यक्रममा उल्लास थपेको आयोजकको भनाइ छ। प्रमुख अतिथि तथा विशिष्ट पाहुनाहरूले तामाङ समुदायको योगदानको प्रशंसा गर्दै आपसी सद्भाव र एकताको सन्देश दिएका थिए ।
सोनाम ल्होछार तामाङ समुदायको नयाँ वर्षको उत्सव हो, जसलाई विशेष रूपमा परम्परागत रीतिरिवाज र धार्मिक आस्थासँग जोडेर मनाइन्छ। कार्यक्रमका वक्ताहरूले तामाङ संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनको महत्त्वमाथि जोड दिएका थिए। साथै कार्यक्रममा बागमती प्रदेश मुख्यमन्त्री बहादुर सिं लामाले शुभकामना मन्तव्य भर्चुअल मार्फत दिनुभएको थियो। मन्तव्य बिदेशमा सिकेका सिपलाई नेपालमा लैजादै उत्पादन संग जोड्न उनले आग्रह गरे।
एनसिसि माल्टा तमु समाज, मगर समाज, नेपाली समाजका अध्यक्ष, पदाधिकारीहरु र समाजका स्वयंसेवकहरूको सक्रियतामा आयोजना गरिएको यस कार्यक्रमले सहभागीहरूबीच उत्साह र आपसी समझदारी बढाएको थियो । कार्यक्रमको सफल आयोजनाले तामाङ समुदायलाई आफ्नो मौलिकता र पहिचानप्रति गर्व गर्न प्रेरित गरेको छ।
यस अवसरमा तामाङ परिकारहरूको विशेष स्वाद, परम्परागत पोशाक र लामा गुरुहरूको धार्मिक अनुष्ठानले सबैलाई सांस्कृतिक मूल्यमाथि पुन: स्मरण गराएको थियो । कार्यक्रममा सहभागी सबैले यो कार्यक्रमलाई ऐतिहासिक र सम्झनलायक मानेका छन् ।
कार्यकमको संयोजक समाजका सह कोषाध्यक्ष अमृत तामाङले गरेका थिए भने कार्यक्रमलाई अध्यक्ष सुनिल दोङले समापन गराएका थिए। कार्यक्रम संचालक प्रचार-प्रसार बिभाग प्रमुख रबिन तामाङ र हेमा लामाले गरेका थिए भने कार्यक्रमका सम्पूर्ण जानकारी महासचिव अशिम लोप्चनले बताए।
Leave a Reply