Home Login

काठमाडौँ — अफ्रिकी क्षेत्रबाट फिफा विश्वकप फुटबलमा छनौट हुने ९ देशको टुंगो लागेको छ । गएराती सम्पन्न खेलमा सेनेगल, दक्षिण अफ्रीका र आइभरी कोष्ट विश्वकपमा छनौट भएसँगै अफ्रिकी क्षेत्रको छनौट पुरा भएको हो । जसमा यी तीन देश बाहेक मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना र केप भर्डे रहेका छन् । केप भर्डे पहिलो पटक विश्वकपमा […]

पोर्चुगल — अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो आफ्नो कीर्तिमानी यात्रामा कायमै छन् । हालै हंगेरीविरुद्धको विश्वकप छनोट खेलमा दुई गोल गर्दै उनले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १४३ पुर्याएका छन् । यससँगै, फुटबल जगतका दुई महान् खेलाडी, रोनाल्डो र अर्जेन्टिनाका लियोनेल मेस्सीबीचको प्रतिस्पर्धा थप रोचक बनेको छ । मेस्सी ११४ गोलसहित दोस्रो […]

पोर्चुगल — क्रिस्टियानो रोनाल्डोले अर्को नयाँ किर्तिमान बनाएका छन् । रोनाल्डो विश्वकप छनौटका खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोले गएराती सम्पन्न हंगेरीविरुद्धको खेलमा दुई गोल गरेसँगै यस्तो किर्तिमान बनाएका हुन् । रोनाल्डोले अहिलेसम्म विश्वकप छनौटमा कुल ४१ गोल गरेका छन् । रोनाल्डो ५१ खेलमा ४१ गोल गर्दै यो नयाँ किर्तिमान कायम […]

पोल्याण्ड — हालै ‘द सन्डे टाइम्स’ र ‘टिभीपी वर्ल्ड’मा प्रकाशित रिपोर्ट अनुसार पोल्याण्डले विगत केही दशकमा उल्लेखनीय आर्थिक प्रगति गरेको छ । १९९० दशकमा बेलायतको तुलनामा निकै कमजोर अर्थतन्त्र रहेको पोल्याण्ड अहिले तीव्र गतिमा अगाडि बढ्दै, आर्थिक रुपमा बेलायतसँगको दूरी छोट्याउँदै गएको छ । १९९५ मा पोल्याण्डको प्रति व्यक्ति जीडीपी बेलायतको केवल करिब ३६ प्रतिशत […]

काठमाडौं — नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् […]

कार्डिफ (वेल्स) – एनआरएनए यूके राज्य समन्वय परिषद् वेल्सको संयोजन तथा एनआरएनए यूकेको सहकार्यमा नेपाली राजदूतावास लन्डनबाट वेल्सको राजधानी कार्डिफस्थित वाईएमसीए प्लस भवनमा राहदानी सेवासहितको कन्सुलर शिविर सम्पन्न भएको छ । बिहान ११ देखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेखनीय सहभागिता देखियो । कार्यक्रमको प्रारम्भमा एनआरएनए यूके राज्य समन्वय परिषद् […]

बेल्जियम : विश्वका ४० भन्दा बढी देशमा छरिएर रहेका झापालीहरूको साझा छाता संगठन, अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा कतारका सफल व्यवसायी महेन्द्रप्रसाद चम्लागाईं सर्वसम्मत निर्वाचित भएका छन् । झापाको बिर्तामोडमा सम्पन्न समाजको पाँचौँ विश्व अधिवेशनले चम्लागाईंलाई सन् २०२५–२०२७ कार्यकालका लागि नेतृत्व सुम्पेको हो । विगत तीन दशकदेखि कतारमा रहेर व्यवसायमा स्थापित भएका चम्लागाईं यसअघि समाजका वरिष्ठ […]

लन्डन — गएको झन्डै दुइ दशकदेखि लन्डनमा स्वादिष्ट नेपाली तथा इन्डियन खानाको लागि चिनिएको ‘होलि काउ’ ग्रुपद्वारा संचालित फाइन डाइन रेस्टुरेन्टले ‘बेस्ट रेस्टुरेन्ट’ को अवार्ड  जितेको छ । आइतबार बेलुका रेडिंगमा आयोजित इंगल्यांड्स बिजनेस अवार्ड्स २०२५ मा उक्त पुरस्कारको घोषणा गरिएको थियो। मतदाताहरुले गरेको भोट, कम्पनीले तिरेको कर, कर्मचारी संख्या, समुदायमा योगदान लगायतको आधारमा पुरष्कृत […]

विदेशीबाट परिचालित समूह र सरकारविरुद्ध कात्तिक १५ गते आन्दोलन घोषणा, आन्दोलनका घाइते र वास्तविक आन्दोलनकारीलाई पाखा लगाइएको दाबी गरेको भन्दै स्वतन्त्र जेनजी समूहले आपत्ति जनाएको छ । स्वतन्त्र जेनजी समूहका संयोजक तथा आन्दोलनको घाइते समेत रहेका रुपेन्द्र दाहालले वक्तव्य जारी गर्दै वास्तविक जेनजीलाई ओझेलमा पारेर सुधन गुरुङजस्ता आइएनजिओ र विदेशी दूतावासबाट परिचालित अदृश्य शक्तिले राष्ट्रिय […]

आयरल्याण्ड — नेपाली राजदूतावास लण्डनले आयरल्याण्डमा घुम्ती कन्सुलर शिविर आयोजना गर्ने भएको छ । दूतावासका अनुसार शिविर आगामी २ नोभेम्बर आइतबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म पार्नेल स्क्वाएर वेष्ट, रोटुण्डा, डब्लिनमा सञ्चालन हुनेछ। उक्त शिविरमा राहदानी नवीकरणसहित विभिन्न कन्सुलर सेवा प्रदान गरिने दूतावासले जनाएको छ । राहदानी नवीकरणका लागि आवेदन दिने नेपाली नागरिकहरूले दूतावासको […]