Home Login
प्रवास

पोल्यान्डको राजधानीमा दुर्घटना : २३ जना घाइते

वार्सा — पोल्यान्डको राजधानी वार्सामा मङ्गलबार बिहान दुई ट्राम र एउटा बस आपसमा ठोकिँदा २३ जना घाइते भएका छन् । दुर्घटना स्थानीय समय अनुसार बिहान ७ः५० बजे सोलिड्यारिटी एभिन्युमा, म्युजियम अफ इन्डिपेन्डेन्स नजिक बैङ्क स्क्वायर र ओल्ड टाउनको बीचभागमा भएको हो ।

ट्राम लाइन ४ ले बस लाइन १६० लाई ठोक्किएपछि बस अर्को टेक्निकल रनमा रहेको ट्राममा गएर ठोकिएको बताइएको छ । घाइतेमध्ये १७ जनालाई अस्पताल पुर्‍याइएको छ, भने ६ जनाको घटनास्थलमै प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका कारण मुख्य सडक तथा ट्राम सेवामा ठुलो अवरोध आएको थियो । केही ट्राम मार्गहरू परिवर्तन गरिएका थिए, र आसपासका सडकको केही हिस्सा अस्थायी रूपमा बन्द गरिएको थियो ।

Leave a Reply