Home Login

जापान — जापानको अध्यागमनले ८ नेपालीलाई देश निकाला गरेको छ । लामो समयदेखि गैरकानुनी रूपमा जापानमा बस्दै आएका उनीहरूलाई अध्यागमन मार्फत निष्कासन गरिएको बताइएको छ । जापानको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्कासनमा पर्नेमा सुनार, गुरुङ, मगर, पुलामी, जबेगु, खत्री र दुई जना ढकाल थरका रहेको स्रोतले बताएको छ । उनीहरूलाई थाइ एयरलायन्स र थाइ […]

विप्लव काफ्ले स्पेन, १ वैशाख । नेपाली सुगम संगीत र पार्श्व गायनका लोकप्रिय गायक यम बरालले स्पेनको बेनिड्रोम गुञ्जाएका छन् । नेपाल समाज एशोसियसन र एनआरएनए कोष्टाव्लाङ्काले आयोजना गरेको ´नेपाली नयाँ वर्ष २०८२ सांस्कृतिक कार्यक्रम` मा उनले विगतका चोटहरु भुल्न समेत सुझाए । स्टेज उक्लिँदा ताली पाएका उनले `निष्ठुरीले छाडेर गइहाली´ गीत गाउँदा सबैमा सन्नाटा […]

पोर्चुगल — दक्षिणी युरोपमा कार चोरीको लागि पोर्चुगल सबैभन्दा सुरक्षित स्थानमा रहेको छ । कम्पेयर द मार्केटको नयाँ अध्ययनले युरोपभरि कार चोरीको तथ्याङ्कको विश्लेषण गरेको छ र प्रति एक लाख बासिन्दाहरूमा कार चोरीको उच्चतम दर भएका शीर्ष १० युरोपेली देशहरूलाई सूचीबद्ध गरेको छ । तथ्याङ्क अनुसार, औसतमा प्रत्येक ७० मिनेटमा एक पटक कार चोरी हुन्छ, […]

प्रकाश बगाले (प्रधान सम्पादक माल्टा नेपाल अनलाइन) माल्टाको आकाशमुनि फेरि एकपटक नेपाललाई चिनाउनु छ । अर्को सालको नयाँ वर्ष खै कता मनाइन्छ … तर यसपाली मे १४ तारीख माल्टाबाट फेरि नेपाललाई चिनाउछौं । ‘हजारौं नेपालीहरु सपना, भाव, र संकल्प लिएर संघर्षमा हुदै गर्दा देश छोडिए पनि देश बिर्सिएको छैन । भूमि टाढा भएपनि माटोको माया […]

पछिल्लो समयको युवा पुस्ताहरूको चर्चित र्‍यापर चिराग सिंह खड्का उर्फ ५:५५ शुक्रबार पोर्चुगल आइपुगेका छन् । उनी अप्रिल १३ आइतबार हुने सांगीतिक कार्यक्रमका लागि पोर्चुगल आएका हुन् । एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्स र पाण्डव इभेन्टको संयुक्त आयोजनामा तयार भएको युरोप टुर कार्यक्रमको लागि उनी शुक्रबार पोर्चुगल आइपुगेका हुन् […]

पोर्चुगल — सबैभन्दा प्रभावशाली देशहरू मध्ये संयुक्त राज्य अमेरिका पहिलो स्थान र १३औं स्थानमा युरोपको स्पेन रहेको छ । बिहीबार सार्वजनिक विश्व रिपोर्टका अनुसार, चीनलाई दोस्रो स्थानमा राखेको छ भने बेलायतलाई तेस्रो, जर्मनीलाई चौथो, फ्रान्सलाई पाँचौं र रूसलाई छैटौं स्थानमा राखेको छ । त्यस्तै जापान सातौं स्थानमा, युएईलाई आठौं स्थानमा राखेको छ । त्यस्तै लगातार […]

चीनले १४५ प्रतिशत अमेरिकी कर वृद्धिको बदलामा थप कर वृद्धिको घोषणा गरेको छ । चीनले शुक्रबार अमेरिकी सामानमा कर वृद्धि गरी १२५ प्रतिशत पर्‍याउने घोषणा गरेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वमा व्यापक कर वृद्धि गरेर बजारमा उथलपुथल मच्चाएको आरोप चीनले लगाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बेइजिङको पछिल्लो चरणको प्रतिशोधका कारण शनिबारदेखि लागू […]

पोर्चुगल —  पोर्चुगलमा अप्रिल ११ तारिखबाट ब्याटल बोर्न नेशनालिटी कप २०२५  हुने भएको छ । पोर्चुगलको सान्तारेमस्थित सान्तर्म क्रिकेट मैदानमा शुक्रबार अप्रिल ११ देखि १३ तारिख सम्म उक्त नेशनालिटी कप आयोजना हुने भएको हो । ब्याटल बोर्न नेशनालिटी कप २०२५ मा नेपाल सहित पाकिस्तान, भारत, पोर्चुगल, श्रीलङ्का र बंगलादेश लगायतले देशका राष्ट्रिय खेलाडीहरूलाई प्रतिनिधि गर्दै […]

काठमाडौं — चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिना (साउनदेखि फागुन) सम्म मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब १० अर्बले धेरै भएको छ। २०८०/८१ को आठ महिनामा मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब २७ अर्बले धेरै थियो। मुलुकले गर्ने आम्दानी, विदेशी सहायता प्रत्यक्ष वैदेशिक लगानी लगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो […]

मिना कटुवाल (धरान) — सङघर्ष एउटा यात्रा हो, यो यात्रा यस्तो यात्रा हो जुन यात्रामा कहिले पनि दुख बिसाउने चौतारी भेटिदैन , साङघर्षिक जिवनमा विभिन्न बाधाअड्चन,उतारचढावहरु धेरै हुन्छन तर पनि जिन्दगी अगाडि बढाउनका निमित्त जतिसुकै ठुलो बज्रपात परेपनि हृदयलाई समाल्दै अनुहारमा मिठो चमकता लिएर बाध्यता विवश आफुभित्र लुकाउदै जिन्दगीको यात्रालाई अझै बलियो र दृढसंकल्प लिएर […]