Home Login
गैरआवासीय नेपाली संघ

रोमेनियामा प्रवासी युवाहरूद्वारा ‘एनआरएनए रोमानिया’ तदर्थ समिति गठन

लाक्पा तेन्जी शेर्पा ।

रोमेनिया (बुखारेस्ट) — रोमेनियामा कार्यरत तथा स्थायी रूपमा बसोबास गरिरहेका नेपाली युवाहरूको सक्रिय सहभागितामा गैर आवासीय नेपाली संघ, रोमेनिया (एनआरएनए रोमानिया) को तदर्थ समिति गठन गरिएको छ ।

मिति २०८२ साल माघ २५ गते आइतबार बुखारेस्टमा आयोजित भेलाबाट प्रवासी युवा व्यवसायी तथा सामाजिक अभियानलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित तदर्थ समिति गठन गरिएको हो । उक्त भेलामा रोमेनियामा रहेका युवा व्यवसायी, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

भेलाले गोमा देवी थापा मगर को अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा गौरीमान तिलिङ, सचिवमा युवराज खनाल, सह–सचिवमा माधव घिमिरे, कोषाध्यक्षमा ओवेश गुरुङ र सह–कोषाध्यक्षमा शशी लामा चयन भएका छन् ।

त्यसैगरी समितिका सदस्यहरूमा मनिष खत्री, सागर क्षेत्री, अनिल पाण्डे, गोविन्द लिम्बु, अमर बहादुर तामाङ, विमला राई, सन्तोष थापा मगर, राजु राना तथा सरोज खनाल रहेका छन् ।

भेलामा सहभागी वक्ताहरूले प्रवासी नेपाली युवाहरूको हक–हित संरक्षण, व्यवसायिक सञ्जाल विस्तार, सामाजिक एकता सुदृढीकरण तथा मातृभूमिसँगको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

तदर्थ समितिले आगामी ६ महिनाभित्र पूर्ण कार्यसमिति गठन गर्ने निर्णय समेत गरेको छ । साथै, रोमेनियामा रहेका सम्पूर्ण नेपाली युवाहरूलाई संस्थागत रूपमा जोड्दै समावेशी, पारदर्शी र सक्रिय गैर आवासीय नेपाली संघ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

Leave a Reply