Home Login

पोर्चुगल — लिस्बन मेट्रोका कामदारहरूले ओभरटाइम र विशेष कार्यक्रमहरूको विरोधमा शुक्रबार हडताल गर्ने भएका हुन्, जसको प्रभाव शनिबार हुने महिला च्याम्पियन्स लिग फाइनल र सान्तोस पपुलारेसमा बस्नेहरूको लागि पर्ने भएको छ, युनियन स्रोतले भन्यो । यातायात तथा सञ्चार संघ (फेक्ट्रान्स) का सारा ग्लिगोले ओभरटाइम र विशेष कार्यक्रमहरूमा हडताल ३० दिनसम्म चल्ने र सोही अवधिको लागि […]

विप्लव काफ्ले । स्पेन — गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनले स्पेनमा पछिल्लो समय परिवर्तन भएका आप्रवासी सम्बन्धि नियम- कानुनबारे बृहत् छलफल गर्ने भएको छ । यहि सोमबार साँझ ५ बजेदेखि ७ बजेसम्म स्पेनका अधिवक्ताहरुसँग अन्तर्क्रिया कार्यक्रम हुन लागेको हो ।  म्याड्रीड स्थित काठमाडौं फ्युजन रेष्टुरेण्टमा कार्यक्रम हुन लागेको हो । एनआरएनए स्पेनका महासचिव सुन्दर रानाभाटले […]

लन्डन — यस वर्षको गोर्खा कपको विशेष आकर्षण रहेकी नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी साम्बा बिहीबार बेलुका लन्डन आइपुग्ने भएकी छन् ।  हाल फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी साम्बा फ्रान्सबाट सिधै हिथ्रो विमानस्थल उत्रिनेछिन् । उनलाई स्वागत गर्न गोर्खा कपको आयोजक तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङसहितको टोली विमानस्थलमा पुग्नेछन् ।  साम्बालाई फ्रान्सबाट लन्डन […]

पोर्चुगल — नेपालको  राजनीतिक अवस्था र वैदेशिक भुमिमा नेपालीले पाएको दुखको बारेमा चित्रण गर्दै एक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पछिल्लो समय नेपाली राजनीतिको खिचातानिले गर्दा युवाहरु बिदेश पलायन हुन परेको भन्दै ‘जती जोगी आएपनि कानै चिरेका’ बोलको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो । लामो समयदेखि क्रोएसियामा बस्दै आईरहेका कृष्ण अर्यालको शब्द संगित […]

भियना, अष्ट्रिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियाको आगामी कार्यकाल २०२५–२०२७ का लागि राष्ट्रिय महाधिवेशन शनिवार, जुलाई १९, २०२५ मा आयोजना हुने भएको छ । एनआरएनए अष्ट्रिया विशेष बैठकद्वारा मे १९, २०२५ को साँझ ७ बजे भर्चुअल माध्यममार्फत सम्पन्न बैठकले महाधिवेशन तथा सदस्यता सम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको हो । संघको सचिवालयबाट आएको परिपत्र अनुसार, एनसीसीहरूले […]

पोर्चुगल — विश्वभर मनोरञ्जन क्षेत्रमा सबैभन्दा प्रतिष्ठित व्यक्तित्वहरू मध्ये एक, साइमन काउेल, जुन ४ देखि ६ सम्म लिस्बनको MEO एरिनामा हुने अन्तर्राष्ट्रिय ICON सम्मेलनमा भाग लिन पहिलो पटक पोर्चुगल आउने भएका छन् । मनोरञ्जन उद्योगका एक उद्यमी, रेकर्ड लेबल कार्यकारी र टेलिभिजन र भिडियो निर्माताको रूपमा व्यापक अनुभव भएका, साइमन कावेल एक बहु-पुरस्कार विजेता विश्वव्यापी […]

पोर्चुगल — नेपाल प्रेस युनियन युरोप शाखाले नेपाल प्रेस युनियनको ३४ ओैं स्थापना दिवसको अवसरमा आगामी मे, २५ तारिख आइतबार भर्चुअल माध्यम मार्फत शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । आइतबार हुने कार्यक्रम बेलायत र पोर्चुगलको समयअनुसार दिउँसोको ३ बजे, बेल्जियम समयअनुसार दिउँसोको ४ बजे र नेपाली समयअनुसार रातिको ७ बजेर ४५ मिनेटमा […]

जापान — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान पुगेकी छिन् । जापानको टोकियोमा बुधवारदेखि सुरु हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गए राति त्यसतर्फ प्रस्थान गरेकी हुन् । जापानमा मन्त्री राणा ज्येष्ठ नागरिकहरूमा हुने सामाजिक एकान्ततासम्बन्धी सो सम्मेलनमा सहभागी भइ नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान […]

पोर्चुगल — २०२३ मा गिरावट आएपछि युरोपेली संघमा घरको मूल्य गत वर्ष फेरि बढ्यो र २०२४ को अन्तिम त्रैमासिकमा पोर्चुगलले सदस्य राष्ट्रहरूमध्ये तेस्रो उच्चतम वृद्धि रेकर्ड गरेको थियो । आर्थिक पूर्वानुमानमा, युरोपेली आयोगले सम्पत्तिको मूल्यमा वृद्धिको प्रवृत्तिलाई हाइलाइट गर्दै, “२०२३ को दोस्रो र तेस्रो त्रैमासिकमा गिरावट आएपछि, २०२४ मा सम्पत्तिको मूल्य फेरि बढेको” उल्लेख गरेको […]

अमेरिका —  न्यूयोर्कमा रहेका नेपाली समुदायले आइतबार नेपाल उत्सब (नेपाल डे परेड) मनाएका छन् । नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको नेपाल उत्सवमा नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो । नेपाल उत्सव कार्यक्रममा न्यूयोर्कका अतिरिक्त न्यूजर्सी र कनेक्टिकट राज्यबाट नेपाली पोसाक, राष्ट्रिय झण्डा र ब्यानरसहित नेपाली सहभागी भएका थिए । नेपाल उत्सव कार्यक्रमको […]