Home Login
गैरआवासीय नेपाली संघ

संस्थाको नामप्रति आइरहेको नकारात्मक टिका टिप्पणीप्रति एनआरएनए स्पेनले निकाल्यो प्रेस विज्ञप्ति

( एनआरएनए स्पेनप्रति आइरहेको सामाजिक सञ्जालमा नकारात्मक टिका टिप्पणीप्रति संस्थाको गम्भीर ध्यानाकर्षण सहित प्रेस विज्ञप्ति )

पछिल्लो समय गैर आवासीय नेपाली संघ स्पेनको नाम जोडेर विभिन्न सामाजिक सञ्जालहरूमा नकारात्मक टिका टिप्पणी संस्थाको गरिमामा आँच पुर्‍याउने काल्पनिक मिथ्या आरोप लगाई केही व्यक्ति र फेसबुक पेजबाट पोस्ट भएको भ्रमित र दुषित प्रचारबाजीप्रति संघले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

संस्थाका अध्यक्ष पेशाल कुमार कोइराला र महासचिव सुन्दर रानाभाटको हस्ताक्षरमा सार्वजनिक भएको विज्ञप्तिमा सामाजिक सञ्जाल फेसबुक पेजमा संस्थाप्रति आइरहेको नकारात्मक टिप्पणीहरुलाई उल्लेख गर्दै विज्ञप्ति सार्वजनिक गरेको छ ।

पछिल्लो समय सामाजिक सञ्जालले गर्दा जति सहज बनाइदियो उति नै संघ संस्थाहरूमा नकारात्मक टिका टिप्पणीहरू बढ्दै जान थाल्यो । समाचार सम्प्रेषण गर्दा, गर्नुपर्ने शब्द चयन, भाषा लगायत विभिन्न कुराहरुलाई बिर्सेर सामाजिक सञ्जाल फेसबुक, फेसबुक पेज, टिकटक लगायत अरु प्ल्याटफर्महरुमा लेख्न र बोल्न नजानेपछि संस्थाले उक्त कुराको खण्डन गर्दै विज्ञप्ति जारी गरेको हो ।

गैर आवासीय नेपाली संघ स्पेनले स्थापना कालदेखि नै नेपालको पर्यटन प्रवर्द्धन नेपाली मौलिक चाडपर्व परम्परा र रीतिरिवाजको जगेर्ना गर्ने कार्यक्रम लगायत नेपाली समुदायको सेवा हकहित र सकारात्मक विषयहरूमा आफ्नो स्रोत र साधनले भ्याएसम्मको सहयोग गरी नेपाली समुदायहरूसँग हातेमालो गर्दै आफ्नो गतिविधि सञ्चालन गर्दै आइरहेको संस्थाले उक्त कुरा विज्ञप्तिमा उल्लेख गरेको छ ।

त्यस्तै, कुनै व्यक्ति वा संस्थाले गलत गरेमा वा गरेका  गतिविधिहरू अवैधानिक भएमा वा चित्त नबुझेमा कानुनी उपचारको बाटो हुँदाहुँदै व्यक्ति विशेष र संस्थामाथि प्रहार गर्नुले व्यक्तिको नियतमाथि नै प्रश्न खडा हुन्छ।तसर्थ व्यक्ति विशेष र नेपाली समुदायको नाम जोडेर खोलिएका कथित फेसबुक पेजबाट जारी भएको अनाधिकारीक र झुठा सूचनाहरु, स्रोत नखुलेका समाचारमा विश्वास नगर्नु हुन र यस्ता व्यक्ति र प्रविधिमाथि संस्थाले विज्ञप्तिमा उल्लेख गर्दै सचेत रहन आग्रह गरेको छ ।

त्यसो त, सामाजिक सञ्जालको दुरुपयोग गर्दै संस्थाको बदनाम र विश्वसनीयतामाथि प्रश्न उठ्ने यस्ता हर्कत तथा गतिविधिहरु निरन्तर गर्दै आएमा यस्ता व्यक्ति र पेजमाथि स्पेनको प्रचलित कानुन बमोजिम कानुनी उपचारमा जाने संस्थाले चेतावनी समेत दिएको छ ।

हेर्नुहोस् संस्थाले जारी गरेको विज्ञप्ति :

Leave a Reply