फिनल्याण्ड — फिनल्याण्डले कामदार अनुमतिपत्र भएका विदेशी नागरिकहरूका लागि ३ महिनाको जागिर खोज्ने समयसीमा लागू गर्ने भएको छ । जस्मा आफ्नो जागिर गुमाए पछि नयाँ जागिर खोज्न तीन महिनाको समयसीमा लागू गरेको हो ।
फिनल्याण्डको आर्थिक मामिला तथा रोजगार मन्त्रालयका अनुसार, जुन २०२५ मा लागू हुने नयाँ कानून अन्तर्गत, निर्धारित समयसीमा भित्र नयाँ रोजगारी फेला पार्न असफल हुनेहरूको अनुमतिपत्र रद्द हुने जोखिम रहेको छ ।
नयाँ जागिर खोज्ने तीन महिनाको समयसीमा धेरैजसो अनुमतिपत्र धारकहरूलाई लागू हुनेछ । विशेषज्ञ, EU ब्लू कार्ड धारक, कम्पनी भित्र स्थानान्तरण गर्ने, शीर्ष-स्तरीय प्रबन्धकहरू र कार्य-आधारित अनुमतिपत्रमा दुई वर्ष भन्दा बढी समयदेखि फिनल्याण्डमा बसोबास गर्ने उच्च दक्ष कामदारहरूको लागि अपवाद बनाइनेछ ।
विदेशी कामदारहरूको यो समूह नयाँ रोजगारी खोज्नको लागि आफ्नो जागिर गुमाएपछि छ महिनासम्म फिनल्याण्डको क्षेत्र भित्र रहन सक्षम हुनेछ ।
नयाँ नियम हाल फिनल्याण्डमा रहेका लगभग ५० हजार विदेशी कामदारहरूमा लागू हुने तय गरिएको छ ।